आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक «

आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

भारतको पतञ्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीजरल्यान्डको जेनेभामा स्वास्थ्यसेवासम्बन्धी युएनएसडीजी–१० सर्वाधिक प्रभावशाली पुरस्कार प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतञ्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
पुरस्कार प्राप्त गरेपछि ट्विट गर्दै आचार्य बालकृष्णले योग र आयुर्वेदलाई विश्वस्तरमा मूलप्रवाही गर्न योगदान गर्नेहरूप्रति आफूले पुरस्कार समर्पित गर्न चाहेको उल्लेख गरेका छन् ।
जेनेभामा संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (युएनएसडीजी) सम्बन्धी कार्यक्रमका पाँच प्रमुख वक्ताहरूमा ¥यान्डी उस्ट्रा, युनिसेफका कार्यकारी निर्देशक हेनरिटा एच फोर, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेसुस, आबे ली र आचार्य बालकृष्ण रहेका छन्.।
योगगुरु रामदेबले उक्त सम्मानबाट पतञ्जलीको अभियान निकै महŒवपूर्ण रहेको छ भन्ने देखिएको बताएका छन् । भारतको हरिद्वारमा आयोजित एक कार्यक्रममा रामदेवले भने, “आचार्य बालकृष्णलाई भारतको प्रतिनिधित्व गर्न आमन्त्रण गरिएको थियो । विश्व स्वास्थको पछिल्लो परिदृश्यमा जीवनशैलीसँग जोडिएका रोगहरूलाई कसरी योग, आयुर्वेद र परम्परागत भारतीय विधिका माध्यमबाट उपचार गर्न सकिन्छ भन्नेमा पतञ्जलीले महŒवपूर्ण योगदान गरेको छ ।”
पतञ्जलीले आयुर्वेद औषधि र व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित औषधिहरू उत्पादन गरिरहेको छ । रामदेवले बालकृष्णसँग मिलेर पतञ्जली आयुर्वेद कम्पनी खोेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्