Logo

११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक

कुमारी बैंकले ११ प्रतिशत ब्याजदरको ऋणपत्र १७ भदौबाट निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । १२ लाख कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने बताइएको छ ।
उक्त ऋणपत्रमा २१ भदौसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म माग बामोजिम आवदन नपरे ३१ भदौसम्म समय थप गरिने बताइएको छ । आवेदकले २५ कित्तादेखि १२ लाख कित्तासम्मका लागि आवेवदन दिन सक्नेछन् । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
सार्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्ता ऋणपत्रमध्ये सामूहिक लगानी कोषलाई छुट्ट्याएको पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि तीन वटा सामूहिक लगानी कोषबाट ९५ हजार कित्ताका लागि आवेदन प्राप्त भएको र समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जनाएको छ ।
कुमारी बैंकलाई इक्रा नेपाल लिमिटेडले इक्राएनपी आईआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ प्राप्त गरेको संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा प्रयाप्त मात्रामा सुरक्षित मानिन्छ भने यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्