बिक्री र व्यवसाय बढाउन सहयोगी बन्दै राकुटेन भाइबर म्यासेन्जर

राकुटेन भाइबरले खुदा्र व्यापारीलाई लक्षित गरी ग्राहकसँग सम्पर्क बढाउने सुविधासहितको एप सुरुवात गरेको छ ।
सो एपमार्फत ठूल तथा साना व्यापारीले आफ्ना ग्राहकसँग सम्पर्क स्थापित गर्न सक्ने बताइएको छ । राकुटेन भाइबरका लागि सिनियर पार्टनरसिप अकाउण्ट डिरेक्टर नोवा बारशेले साना तथा ठूला व्यापारी र ग्राहकबीच सम्पर्कका लागि सो एप उपयोगी हुने बताए ।
मानिसहरू पहिलेको तुलनामा मोबाइलमा धेरै समय बिताउन थालेपछि, आफ्ना ग्राहकहरूसँग कम्युनिकेट गर्न खुद्रा व्यापारीरई–कमर्स चलाउने दुवै व्यापारीहरू मेसेञ्जरको माध्यम अपनाउन थालेका छन् । मार्केटिङ च्यानलको फाइदा भनेकै खुद्रा व्यापारीहरू एकैसाथ निजीकृत, वान–टू–वान कम्युनिकेशनको माध्यममार्फत आफ्नो ग्राहक एवम् वृहत्तर वर्गहरूसँग जोडिन सक्नु हो ।
मेसेजिङ एप बहुसुविधायुक्त उपकरण हो जसले व्यवसायका विविध आवश्यक्तालाई धेरै स्वरूप र प्रकारका व्यवसायीक मेसेजहरू प्रदान गर्दछ । खुद्रा बिक्रेताहरूले यी तीन प्रकारका मेसेजहरू प्रयोग गर्न सक्छन् ।
ट्रान्जिश्नल मेसेजहरू विशेषगरी तपाईँको ग्राहकलाई रियल टाइम अपडेट पठाउन प्रयोग गरिन्छन् । जब अनलाइनमार्फत खरिद गरिन्छ, खरिदकर्ताले उनीहरूको अर्डर लिइसकेको र डेलिभरिका लागि आउने क्रममा रहेको जानकारीसहितको कन्फर्मेशन मेसेज प्राप्त गर्ने छन् ।