‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सुरू «

‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सुरू

सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एपलाई सिद्धार्थ बैंक स्मार्टएक्सपीमा स्तरोन्नति (अपग्रेड) गरेको छ ।
यसबाट एपमा हुने ठगी नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहुच्यानलमार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिने बैंकको भनाइ छ ।
नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।
साथै सिद्धार्थ बैंक स्मार्टएक्सपीले ठगी नियन्त्रणमा नवीनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको जनाएको छ । एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वत: प्रमाणित गर्ने क्षमता छ ।
प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यही नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति नदिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्