Logo

मुक्तिनाथ विकास बैंकद्वारा ज्येष्ठ नागरिकलाई कुर्सी हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोेखरा महानगरपालिका–१०, रामबजारमा
अवस्थित ‘रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्र’लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ ।
सो संस्थाका ९६ वर्षीय ज्येष्ठ नागरिक गौबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामबजार यूके सोसाइटीका सल्लाहकार प्रेम विक, विशेष अतिथि मुक्तिनाथ विकास बैंक, पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखा कार्यालय अमरसिंहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्र राजपौडेल, संस्थाका अध्यक्ष क्याप्टेन थमन थापा सहितको संयुक्त उपस्थितिमा कुर्सी वितरण गरेको बंैकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्