Logo

जनकपुरधाममा हिमालयन बैंकको ५८ औं शाखा

हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका–१, स्टेसनरोडमा बुधबारदेखि आफ्नो ५८ औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री मो लालबाबु रावतले एक समारोहकाबीच गरेका थिए । सो अवसरमा प्रमुख अतिथिले नयाँ शाखा कार्यालयमार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरूलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे ।
बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यावसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्