Logo

सुर्खेत, घोराही र तुलसीपुरमा भायानेटको नयाँ शाखा

भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा स्थापना गरेको छ ।
आफ्नो ग्राहकका लागि समय–समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाबाट अब सुर्खेत, घोराही र तुलसीपुरका सर्वसाधारण पनि लाभान्वित हुनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनामार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउने कम्पनीले जनाएको छ ।
यसै सन्दर्भमा सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुसियाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको कम्पनीको भनाइ छ। साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि नि:शुल्क पाउनेछन् ।
यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । भायानेट सुर्खेतको सर्भिस सेन्टर वीरेन्द्रचोकमा खोलिएको छ अनि घोराही सर्भिस सेन्टर भने वीपी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा खोलिएको छ । भायानेट तुलसीपुर को सर्भिस सेन्टर मनपुर रोड एनआईसी एसिया बैंक नजिकै खोलिएको छ ।
भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आईएसओ ९००१:२०१५ प्रामाणिक कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्