पर्यावरण संरक्षणमा आदिवासीको महत्व «

पर्यावरण संरक्षणमा आदिवासीको महत्व

जीवित प्राणी र वनस्पतिबीचको भिन्नता, किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले संसारका सबै क्षेत्र जस्तै— जल, स्थल, समुद्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन, प्रकार तथा तिनीहरूबीचको अन्तरसम्बन्ध एमं संयोजनसमेतलाई जनाउँछ । कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति, पशुपन्छी र अन्य जीव रहेका हुन्छन् । यो जैविक विविधता हो । वन नासिएमा वा आगो लागेमा अरू जीवहरूलाई असर गर्छ । यो तिनीहरूबीचको अन्तरसम्बन्ध हो । जैविक विविधता तीन प्रकारका हुन्छन्— पारिस्थिक प्रणाली विविधता, प्रजाति विविधता र वंशानुगत विविधता । पारिस्थितिक प्रणाली विविधता भन्नाले जीवजन्तुहरूको बासस्थान भन्ने बुझिन्छ । यसले जीवजन्तुहरू र तिनीहरूको वातावरणसँगको अन्तरसम्बन्ध समेतलाई जनाउँछ । वनजंगल, घाँसे मैदान, सिमसार, पोखरी, खोलानाला, समुद्र आदि यसका उदाहरण हुन् । प्रजाति विविधता भन्नाले प्राणीहरूको विविधता र वनस्पतिहरूको विविधतालाई बुझिन्छ । विश्वमा रहेका प्राणी र वनस्पतिहरूको फरकपन नै प्रजाति विविधता हो । र वंशानुगत विविधता भनेको प्राणी एवम् वनस्पतिको आफ्नै समूहभित्र देखिने फरकपन हो । बाबुआमाका गुणहरू छोराछोरीमा भए पनि छोराछोरीको बाबुआमाभन्दा फरक हुन्छन्, यो नै वंशानुगत विविधता हो ।
वर्तमान समयमा जैविक वस्तु संरक्षण र वातावरण सुधार शब्द निकै लोकप्रिय बनेको कुरा तपाईं–हामी सबैलाई ज्ञात नै छ । विभिन्न विद्वान् तथा पर्यावरण विज्ञहरूका विचारमा गहिरिएर विचार गर्ने हो भने पर्यावरण हामी हाम्रै वरिपरिका प्राकृतिक वस्तुहरू, जैविक तथा अजैविक भौतिक वस्तुहरू, सामाजिक तथा मानव निर्मित सांस्कृतिक संरचना तथा तिनबाट मानव तथा अन्य प्राणी र मानिसका आर्थिक तथा जैविक गतिविधिको अन्तत्र्रिmयाबाट सिर्जित सम्पूर्ण सजीव तथा निर्जीव वस्तुलाई असर पार्ने परिवेशले हरेक तŒवलाई एकआपसमा आत्मनिर्भर बनाएको हुन्छ । पृथ्वीमा भएका अनेकौं तŒवमध्ये कुनै एकको घटी वा बढीले अरूलाई समेत प्रभाव पार्छ । अझ भन्ने हो भने अन्य प्राणी वनस्पति तथा समग्रमा मानव जातिको अस्तित्वमा समेत प्रश्नचिह्न खडा गर्न सक्छ । त्यसकारण पृथ्वीमा भएका विविध तŒवको आत्मनिर्भरताका कारणले गर्दा नै मानवजातिले पर्यावरणको बचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखा परेको छ । पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुन्छन् । मानव स्वयंले पर्यावरणप्रति गरेको बेवास्ताले वर्तमानमा प्रचुरमात्रामा जैविक विविधतामा नाश भई करोडौँ धनजन तथा मानवीय सुख–समृद्धिका आधार संरचनाहरू जलवायु परिवर्तनका कारणले नष्ट हुँदै गएका छन् ।
वातावरण संरक्षणमा मानव स्वयंको भूमिका महŒवपूर्ण हुन्छ । यसै सिलसिलामा यस लेखमा आदिवासी दिवसबारे संक्षेपमा केही चर्चा गर्ने प्रयास गरिएको छ । ९ अगस्टलाई २३ डिसेम्बर १९९४ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले यो दिवस मनाउने गरेको पाइन्छ । यो संघले १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत ‘कर्म र मर्यादाका दशक’ भन्ने नाराका साथ आह्वान गरेको पाइन्छ । यसको लोगोमा हरियो पातका दुईवटा कानजस्तो आकृतिले पृथ्वीलाई दुईतिरबाट घरेको पाइन्छ, योबाट पनि स्पष्ट हुन्छ कि पर्यावरण सुुधारमा आदिवासीहरूको महŒव देखिन्छ । आदिवासीलाई पृथ्वीको पुजारी पनि भनिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय आदिवासी दिवसको नारा ‘परम्परागत ज्ञान र सीपहरूको संवद्र्धन र हस्तान्तरणका लागि आदिवासी महिलाहरूको भूमिका’ रहेको छ । मावन सभ्यताको विकास सँगै बसाइँसराइको क्रम सुरु भई बिस्तारै आप्रवासीहरूको घनत्व वृद्धि भई आदिवासीको पहिचान, अस्तित्व फरक गुण, रीतिरिवाजमा कमी आएको छ । विश्वको कुल जनसंख्याको ५ प्रतिशतमा रहेका आदिवासीहरूले विश्वको कुल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन् । पृथ्वीका धु्रवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीको पहिचान र उपस्थिति घट्दै आप्रवासी समुदायहरूको पेसा, पहिचान, बसाइलगायतका विविध कारणले हाबी भएको पाइन्छ । यसै सिलसिलामा संयुक्त राष्ट्रसंघले आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्रको दफा १४ मा आदिवासीले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज सुहाउँदा शैक्षिक संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको पाइन्छ ।
धेरै अध्ययनले आदिवासी र गैरआदिवासी समुदायबीच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानव अधिकारका प्रसंगमा असमानता पाइन्छ । आफ्नो पहिचान र थलोका लागि पुस्तौँदेखि एकै ठाउँमा कृषिकर्म गरी पर्यावरणलाई समेत संरक्षण गरिआएका आदिवासी समुदाय विश्वका लागि प्राचीन सम्पत्ति हुन् भन्नुमा कुनै अत्युक्ति नहोला । हाम्रो देशको सन्दर्भमा बहुजातीय, बहुधर्म र बहुसंस्कृति भएका अधिकांश भूभागमा आदिवासी समुदायहरूको बसोबास थियो । बदलिँदो परिवेशमा आदिवासी समुदाय प्रभावित भएका छन् । तैपनि तीव्र रूपमा उनीहरूले आफ्नो पहिचान, रीतिरिवाज साथै मौलिकता जीवित राख्ने कोसिस गरेका छन् भने अर्काे पाटोमा त्यही मौलिकता नयाँ पुस्ताले आधुनिकताको नाममा भुल्दै गएको पुराना आफ्ना संस्कृतिहरूलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक वास्तविक थातथलोसमेत परिवर्तन गरेर पहिचान हराउँदै गएको दृश्य दु:खलाग्दो छ । वास्तविक रूपमा आदिवासी समुदायका लागि सहज, सरल र विकसित समाज सिर्जना गर्नु हामी सबैको दायित्व होइन र ?
अबको समयमा हामी सबैले वातावरणलाई अति महŒवका साथ हेरेर जैविक विविधतामा ह्रास आउन दिनु हँुदैन । योजनाकार र नीति निर्माताहरूले पर्यावरणलाई असर पार्ने तŒवहरूको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्था हुनुपर्छ । यो परिणाम मानिसले पर्यावरणप्रति गरेको बेवास्ताको फलस्वरूप जैविक विविधतामा विभिन्न समस्या आएको हो । समयको क्रममा मानवले पर्यावरणमा पारेको नोक्सानी हेर्दा जैविक वस्तुको संरक्षण एवं पर्यावरणको दिगो विकास दीर्घजीवी हुन नसक्ने कुरा प्रस्ट छ । मानव जातिको समुन्नति एवम् अस्तित्वकै लागि पनि पर्यावरणको महŒव प्रस्ट हुँदै गएको छ । अत: पृथ्वीका सम्पूर्ण जातिको सुखसमृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जेजति महŒव छ, त्योभन्दा बढी पर्यावरण तथा जैविक विविधताको संरक्षण पनि अपरिहार्य छ ।
विश्वमा बढ्दै गएको पर्यावरणीय विनाशले पृथ्वीमा नै ल्याएको नकारात्मक परिणाम तथा संकेतहरूले गर्दा आजको विश्वका हरेक देशमा पर्यावरणलाई महŒव दिन आवश्यक छ । राष्ट्रमा विकास आयोजनाको सञ्चालन गर्दा विद्यालय, विश्वविद्यालय तहका पाठ्यक्रम तयार गर्दा वा अन्य महŒवपूर्ण कार्य गर्नका लागि पर्यावरणीय पक्षलाई विशेष महŒवका साथ हेर्नुपर्ने हुन्छ । वर्तमान समयमा मानिसले आफ्ना आवश्यकताहरू पूरा गर्नका लागि विभिन्न क्रियाकलापहरू अगाडि बढाइरहेका छन् । यस प्रक्रियामा प्रशस्त मात्रामा जैविक वस्तु नाश गर्ने अनेकौं समस्या देखा परेका छन् । उत्पादन तथा उपयोगमा नकारात्मक प्रभाव पार्ने हुन्छन् । पर्यावरणको अध्ययन तथा जैविक वस्तु संरक्षणले उच्च तथा चिरस्थायी गुणस्तरीय जीवन बनाउन सहयोग पुर्‍याउन सकिन्छ ।
हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरूमा भएका सानो प्रदूषणको मात्राले पनि व्यापक असर पार्छ । जीवजन्तु, वनस्पति र स्वयं मानिस तथा अन्य जीवित प्राणी पनि प्रदूषणको मात्राबाट अलग रहन सक्ने अवस्था हुँदैन । तर, कति प्रभाव पार्छ भन्ने कुरा त्यसप्रतिको निर्भरतामा भर पर्छ । पर्यावरणको अध्ययनले यस्तो निर्भरता तथा अस्तित्वका लागि आवश्यक पर्ने उपायहरूको खोजीनितीमा सघाउ पुर्‍याउने हुँदा समग्रमा वातावरणले पर्यावरणलाई प्रदूषणविहीन बनाउनमा सहयोग पुग्छ ।
मानवको अस्तित्वका लागि वन, जङ्गल, जल आदि प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । पर्यावरणको अध्ययनले हरेक प्राणी तथा वनस्पतिमा केकस्तो सम्बन्ध रहेको हुन्छ भन्ने जानकारी दिन्छ । वनजङ्गल, जल आदिको महŒव संकटमा पर्नु भनेको जैविक विविधता तथा पृथ्वीका सम्पूर्ण जीवित प्राणी नै संकटमा पर्नु पनि हो । मानव आफ्नो अस्तित्वका लागि प्रकृतिबाट प्राप्त धेरै वस्तु ग्रहण गर्छ । अत: यिनहरूको सही उपयोग हुनु आवश्यक छ । तसर्थ प्राकृतिक सन्तुलन विचलित नबनाई मानवले वर्तमान आवश्यकताहरू पूरा गरी भविष्यका सन्ततिका लागि संरक्षण गर्नुपर्छ । पृथ्वीलाई सुन्दर बनाउन तथा मानवजातिको समस्तिगत हितका लागि जैविक विविधताको संरक्षण अति आवश्यक सर्त हो । तसर्थ पर्यावरण संरक्षण जैविक विविधता अति आवश्यक एवम् महŒवपूर्ण हुन्छ । पर्यावरणको संरक्षणले विभिन्न स्थान, अवस्था तथा परिवेशमा विद्यमान विविधताको संरक्षणका उपायहरू अवलम्बन हुन्छ ।
विश्वमा गरिब मानिसहरूको संख्या अधिक छ । त्यसमा पनि कम विकसित देशमा गरिब तथा खाद्यान्नको संकटबाट गुज्रनेहरूको जमात बृहत् छ । वर्तमान समयमा खेतीपातीबाट मात्र हुने उत्पादनले खाद्यान्न पूर्ति नहुने हुँदा जङ्गली वस्तुहरू कन्दमूल, फलफूल आदिले पनि जीविकोपार्जनमा सघाउ पुर्‍याउँछन् । पर्यावरण तथा जैविक विविधता संरक्षणले मानिसले खाद्यवस्तुका रूपमा स्वीकार गर्ने वस्तुहरू केकस्ता छन् ? तिनीहरूको उत्पादन कसरी हुन्छ ? र जैविक विविधतालाई संरक्षण गरेर कति वस्तुहरू प्राप्त गर्न सकिन्छ भन्ने कुराको जानकारी लिइन्छ । यस्तो अवस्थामा खाद्यान्नको संकट बेहोरिरहेका गरिबहरूको संकटपूर्ण अस्तित्वलाई केही मात्रामा भए पनि राहत पनि पुग्नेछ र पर्यावरण र जैविक विविधता संरक्षण भई स्वच्छ, हराभरा वातावरणमा जीवन बिताउन मद्दत पुग्नेछ । तबमात्र हरेक वर्ष अगस्ट ९ मा मनाइने अन्तर्राष्ट्रिय आदिवासी दिवसले समेत सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्