Logo

धौलागिरि लघुवित्तको आईपीओ बिक्री खुला

धौलागिरि लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन खुलेको छ ।
कम्पनीले मंगलबारदेखि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो । जमा ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका सर्वसाधारणले आवेदन दिन सक्ने गरी आईपीओ खुला गरेको हो ।
आइपीओमा २९ साउनसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले आईपीओ निष्काशनपछि १० करोड ३१ लाख रुपैयाँ पुँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्