एनबीआई र ज्योति विकास बैंकबीच सम्झौता

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र ज्योति विकास बैंकबीच ई–परीक्षासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताअनुसार एनबीआईले त्रैमासिक रूपमा ज्योति विकास बैंकका ६ सय कर्मचारीहरूका लागि खनलनइन परीक्षा लिने भएको छ । यस सम्झौताले बैंकका कर्मचारीहरूमा अध्ययन गर्ने संस्कृति बसाल्नका साथै उनीहरूबीच बैंकिङ ज्ञान बढाउने कुराको स्वस्थ प्रतिस्पर्धाको विकास हुने अपेक्षा बैंकले गरेको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक रामहरि आचार्य र नेसनल बैंकिङ इन्टिच्युटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक हरेन्द्रजंग थापाले हस्ताक्षर गरेका थिए ।