यु–२० टोली स्वदेश फर्कियो «

यु–२० टोली स्वदेश फर्कियो

भारतमा आयोजना भएको साफ यु–२० साफ च्याम्पियनसिपमा सहभागी भई बिहीवार नेपाली युवा टोली स्वदेश फर्किएको छ
आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो । प्रतियोगितामा चार खेल खेलेको नेपाललले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरे टोलीले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरे पनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियो ।
कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिष्पर्धाबाट छनोट गरिएको थियो । सुरुवाती दुई खेलमा सुखद् नतिजा निकाल्दा तारिफ पाएका प्रशिक्षक मेघराज केसीले भारतसँगको हारपछि आलोचित भएका थिए । बिहीबार स्वेदश फर्किएका प्रशिक्षक केसीले तेस्रो खेलमा भारतसँग पराजयले दक्षिण एसियामा नेपाली टोलीको मिहेनेत नपुगेको स्वीकार गरे । केसीले मिहेनतका बाबजुत पनि नतिजा अपेक्षा अनुसारको नतिजा हात नलाग्दा आपूm निकै दु:खी भएको बताए ।
यस्तै कप्तान आयुष घलानले भारतसँगको हारले टोलीलाई धेरै पाठ सिकाएको बताए । फराकिलो पराजय भए पनि भारतसँगको खेलबाट नेपाली टोलीमा शारीरिक खेल र टेक्कनीकल विषयमा अझै मिहेनेत गर्न आवश्यक रहेको घलानको बुझाई रह्यो । भारतसँग फराकिलो हार हुनुमा खेलाडीमा अनुभव कम भएको कप्तान आयुषले बताए ।
राउण्ड रोबिन लिगको प्राणालीमा आयोजना भएको प्रतियोगितामा नेपाल तेस्रो बन्दा फाइनलको ढोका बन्द भएको थियो । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सालाई ४–० ले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ३–० को जित निकालेको थियो । तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार भोगेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग १–१ को बारबरी खेलेको थियो । प्रतियोगितामा भारत र बंगलादेश शीर्ष दुई टोलीको रूपमा फाइनल प्रवेश गरेका छन् । फाइनल शुक्रबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्