नबिल बैंकको डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम

नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बैंकिङतथा वित्तीय पहँुच अभिवृद्धि कार्यक्रम गरेको छ ।
कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता थियो । कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको बिस्तार र विकासमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीलाई आफ्नो व्यापार व्यवसाय प्रबद्र्धन गर्न थप हौसला दिएको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सृजना गर्न साथै उद्यमशिलता प्रवद्र्धन गर्न वित्तीय क्षेत्रको विशेष भूमिका रहने बताए ।