प्रभु बैंक र एनआरएनएबीच सम्झौता

प्रभु बैंक र गैरआवासीय नेपाली संघबीच विदेशी मुद्रामा खाता खोल्ने र अन्य बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरे ।
बैंकले ‘मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौं’ नाराका साथ विदेशी मुद्रामा बचत तथा मुद्दति खाता खोल्न सकिने जनाएको छ । बैंकका अनुसार खाता अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्युनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपयुक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सकिनेछ ।
खातामा नेपाल राष्ट्र बैंकको नीतिको अधिनमा रहि विदेशबाटै बैंकिङ प्रणलीबाट मात्र रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । खातामा नगद रकम जम्मा गर्न नपाइने बैंकले जनाएको छ ।
सम्झौता अनुसार जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमा नै फिर्ता लैजानु परेमा जम्मा गरेकै मुद्रामा सोही देशमा निक्षेपकर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाउन पाइनेछ । बैंकका अनुसार तर यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिनेछ ।