Logo

सुबिधा थप्दै आइएमई ग्रुपको ‘द लेकसाइड रिट्रिट’

आइएमई गु्रप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ ले कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुविधा थप गरेको छ ।
सुविधासम्पन्न ४ वटा प्रिमियम कटेजसहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङ पुल, बार, १५ जना क्षमताको क्लोज मिटिङ हललगायतका सुविधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए । यसअघि नै स्विमिङपुल, स्पालगायतका सुविधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिएको र अन्य आवश्यक पर्ने सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले बताए । हरियालीसहित ९ रोपनीमा रहेको रिसोर्ट प्राकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी हुने बताइएको छ ।
आइएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिट्यालिटी चेनको रुपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्टहरु सञ्चालनको तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्