सन्राइजको मोबाइल बैंकिङ नेपाल पेसँग एकीकृत

सन्राइज बैंकले नेसनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल पे क्यूआर कोर्डलाई आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमा एकीकृत गरेको छ । बैंकका नायव महाप्रबन्धक रविन नेपाल र नेपाल क्लीयरिङ हाउस का प्रमुख कार्यकारी अधिकृत निलेसमान सिंह प्रधानले सो सेवाको संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।
सन्राइज बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी नेपाल पे क्यूआर मर्चेन्टहरुमा सजिलै झुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । बैंकमार्फत क्यूआर भुक्तानी सेवा लिएका वा लिन चाहने व्यवसायीहरुले नेपालपे क्यूआर स्ट््याण्ड प्राप्त गर्न सक्ने बताइएको छ ।