मौद्रिक नीतिले महँगी नियन्त्रण गर्न सक्दैन «

मौद्रिक नीतिले महँगी नियन्त्रण गर्न सक्दैन

मौद्रिक नीति मूलत: आर्थिक नीतिको सहयोगका लागि केन्द्रीय बैंकले तय गर्ने नीति हो । जसले वित्तीय स्थायित्व, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्नेजस्ता विषयमा बढी जोड दिन्छ । तर, मौद्रिक नीतिले मौद्रिक उपकरण प्रयोग गरेर मुद्रास्फीतिलाई नियन्त्रण राख्न सक्ने अवस्था हाल नरहेको देखिन्छ । अनौपचरिक अर्थतन्त्र बढेको तथा अन्तर्राष्ट्रिय बजारमा पनि महँगी बढेका कारण मौद्रिक नीतिका उपकरणले गत आर्थिक वर्षमा पनि महँगी नियन्त्रण गर्न सकेन भने चालू आर्थिक वर्षमा पनि सक्ने देखिन्न । त्यसैले मौद्रिक नीति तथा मूल्य नियन्त्रणका बारेमा विभिन्न क्षेत्रका व्यक्तिसँग कारोबारले गरेको कुराकानीको सार :

मुद्रास्फीति नियन्त्रण गर्न सक्दैन
मेघराज उपाध्याय
एमफील, खुला विश्वविद्यालय
मौद्रिक नीति मूलत: देशको मौद्रिक प्रणालीसँग सम्बन्धित छ । योसँग व्यवहार गर्छ । मौद्रिक निर्णयहरूमा मौद्रिक र मौद्रिक प्रभाव दिने । यो आर्थिक नीतिका उद्देश्यहरू प्राप्त गर्ने साधनका रूपमा मुद्रा आपूर्तिमा केन्द्रीय बैंकको नियन्त्रणको अभ्यास हो । साधारणतया केन्द्रीय बैंक, जनतासँग पैसाको आपूर्तिलाई नियन्त्रण र विनियमित गर्न र पूर्वनिर्धारित समष्टि आर्थिक लक्ष्यहरू प्राप्त गर्नका लागि प्रयोग भए तापनि मौद्रिक नीतिले महँंगी नियन्त्रण गर्न सक्ने देखिन्न ।
मौद्रिक नीतिले मुद्रा आपूर्ति र ब्याज दरको व्यवस्थापन समावेश गर्छ । यो मागको पक्ष हो । कुनै पनि देशको सरकारले बृहत् आर्थिक उद्देश्यहरू हासिल गर्न प्रयोग गर्ने आर्थिक नीति जस्तै मुद्रास्फीति, उपभोग, वृद्धि र तरलता । त्यसैले एक आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले नेपालको केन्द्रीय बैंकको रूपमा काम गर्ने सरकारको प्रमुख नीति भनेको मुद्रा आपूर्तिलाई नियमन गर्ने र राष्ट्रको ऋण नियन्त्रण गर्न मद्दत गर्ने हो ।
कम विकासोन्मुख देशहरूमा मौद्रिक नीतिले लागत र ऋणको उपलब्धतालाई प्रभाव पार्दै अर्थतन्त्रको वृद्धि बढाउन महŒवपूर्ण भूमिका खेल्छ । तर, नेपालमा त्यसको प्रभावकारीता देखिउको छैन । मौद्रिक नीतिका उपकरणहरू जस्तै बैंकदर, नगद रिजर्भ आवश्यकता/अनुपात (सीआरआर), खुला बजार सञ्चालन र अन्य गुणात्मक उपकरणहरूको मद्दतले मौद्रिक नीतिका माथिका उद्देश्यहरू प्राप्त गर्न प्रयोग हुन्छन् ।
नेपालजस्तो विकासोन्मुख मुलुकमा मुद्रास्फीति प्रमुख समस्या हो । मात्रात्मक र प्रयोग गरेर मौद्रिक नीतिको गुणात्मक औजारद्वारा यसलाई नियन्त्रण गरिन्छ । संकुचनात्मक मौद्रिक नीतिद्वारा मुद्रास्फीतिको दबाबलाई नियन्त्रण गर्न सकिन्छ उदाहरणका लागि बढ्दो बैंकदर र सीआरआर । तर, यसबाट हाल बढेको महंँगी नियन्त्रण गर्न सकिने आधार छैन ।
तर, यसले भुक्तानी घाटाको सन्तुलन सच्याउन पनि मद्दत गर्छ । यसले निर्यात बढाउन र आयात घटाउन पनि मद्दत गर्छ । मुद्राको माग र आपूर्तिको मद्दतले मौद्रिक नीतिले मूल्य स्थिरता कायम राख्न मद्दत गर्छ ।
मुद्रास्फीति नेपालजस्तो विकासोन्मुख देशको प्रमुख समस्या हो । मौद्रिक नीतिको मात्रात्मक र गुणात्मक साधन प्रयोग गरेर मुद्रास्फीति नियन्त्रण गरिन्छ । मौद्रिक नीतिका उपकरणहरूले आर्थिक चरहरूलाई जनाउँछ जुन केन्द्रीय बैंक/नेपाल राष्ट्र बैंकलाई पैसाको आपूर्ति र माग र ऋणको उपलब्धतालाई नियन्त्रण र नियमन गर्नका लागि आफ्नो विवेकमा परिवर्तन गर्न अधिकार दिइएको छ । उपकरणहरूलाई ‘मौद्रिक नियन्त्रणको हतियार’ पनि भनिन्छ । हामी तिनीहरूलाई ‘मौद्रिक नीतिको नट र बोल्ट’ भन्छौं ।
विभिन्न मौद्रिक उपकरणहरूमार्फत बजारमा मुद्रास्फीति नियन्त्रण गर्न संकुचनात्मक मौद्रिक नीति प्रयोग गर्नुपर्छ । जब बैंक दर बढ्छ, पैसाको माग घट्छ, कम लगानी हुन्छ, कम स्तरको रोजगारी हुन्छ, अन्तत: बजारमा पैसाको आपूर्ति कम हुन्छ, यसले अर्थव्यवस्थामा मुद्रास्फीति नियन्त्रण गर्छ । यदि केन्द्रीय बैंकले विस्तारित मौद्रिक नीति प्रयोग गर्छ भने बजारमा मुद्रास्फीति दबाब हुन्छ ।

मुद्रा आपूर्ति र ब्याज दरको व्यवस्थापन समावेश गर्छ
प्रकाश रावत
अध्यापक, पशुपति बहुमुखी क्याम्पस
यस आर्थिक वर्षको मौद्रिक नीतिले मर्जर वा प्राप्ति प्रक्रियामा रहेका वा हुने कम्पनीको सेयर कारोबार गर्ने व्यवस्था गरेको छ । यस्तो नीतिले जनतालाई राहत दिन्छ, सेयर बजारका लगानीकर्तालाई । मौद्रिक नीतिको काम भनेको साधारणतया केन्द्रीय बैंक, जनतासँग पैसाको आपूर्तिलाई नियन्त्रण र विनियमित गर्न र पूर्वनिर्धारित समष्टि आर्थिक लक्ष्यहरू प्राप्त गर्नका लागि ऋण प्रवाह गर्ने, मौद्रिक नीतिले मुद्रा आपूर्ति र ब्याज दरको व्यवस्थापन समावेश गर्ने हो ।
नाटकीय रूपमा जग्गाको ऋण ५० प्रतिशतबाट ३० प्रतिशतमा झारिएको छ । यस्तो कार्यले जग्गा धितोमा ऋण लिने प्रक्रियामा रहेका व्यक्तिहरूलाई नराम्रो असर पार्न सक्छ । थप रूपमा राष्ट्र बैंकले सबै वित्तीय संस्थाहरूलाई सबै जग्गा ऋण ३० प्रतिशतमा घटाउन परिचालित गरेमा यस्तो नीतिले जोखिमपूर्ण अवस्था सिर्जना गर्न सक्छ । मौद्रिक नीतिको मुख्य उद्देश्य नै पैसाको तटस्थता हो, जस्तै— विनिमय दर स्थिरता ल्याउने भुक्तानीको असन्तुलन/सन्तुलनको सुधार गर्ने, मूल्य स्थिरता बनाउने, पूर्ण रोजगारी दिलाउने, स्थिरतासँग आर्थिक वृद्धि गर्ने जस्तो काम गर्छ ।
यो मौद्रिक नीतिले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिमा टेवा पुगेको छ । यसले उपभोक्ताबाहेक करिब सबै व्यापारी, उद्यमी र खुद्रा विक्रेतालाई पनि समस्यामा पार्नेछ । जस्तै : सामानको मूल्य बढी भएर वा नाफा कम भएर पनि लिन सकिन्छ ।
यस पटकको मौद्रिक नीतिले विदेशी मुद्राको मात्रा बढाइनेछ, जसले सम्पूर्ण राष्ट्रलाई सम्भव हुनबाट बचाउनेछ भविष्यको आर्थिक प्रकोप पर्छ । जब बैंक दर बढ्छ, पैसाको माग घट्छ, कम लगानी हुन्छ, कम स्तरको रोजगारी हुन्छ, अन्तत: बजारमा पैसाको आपूर्ति कम हुन्छ, यसले अर्थव्यवस्थामा मुद्रास्फीति नियन्त्रण गर्छ । मुद्राको माग र आपूर्तिको मद्दतले मौद्रिक नीतिले मूल्य स्थिरता कायम राख्न मद्दत गर्छ । मौद्रिक नीतिले कृषि र औद्योगिक क्षेत्रको विकास गर्छ । यसले बजारमा उत्पादनको अभावलाई समाधान गर्छ, जसले मूल्य स्थिरता ल्याउँछ, जसले गर्दा बजारमा सामानको कमी हुन रोक्छ, यो त सबैका लागि सजिलो हुन्छ । सामान बजारमा भएपछि आफैं ठूलो बेपारीदेखि लिएर सामान्य खुद्रा व्यापारी हुँदै उपभोक्तासम्मलाई सहज हुने देखिन्छ । मौद्रिक नीतिले हेर्नुपर्दा सबैमा फाइदा नै छ ।
मौद्रिक नीतिले महँगी घटाउँछ भन्ने बारेमा मेरो असहमत छु । छिट्टै ऋणको ब्याज बढ्ने सम्भावना बढी रहेको तथ्य छ । यदि त्यसो हो भने उत्पादन र वस्तुको मूल्यमा लगानी महँगो हुनेछ । त्यसैले यो त्यति सजिलोसँग भन्न मिल्दैन । मौद्रिक नीतिले बजारको मूल्य घटाउने होइन कि बजारमा भएका अर्थलाई नियन्त्रण गर्ने हो ।
बजारले धेरै व्यापार केन्द्रहरूलाई जनाउँछ । विशिष्ट भएर सेयर बजारको बारेमा भन्न चाहन्छु । वास्तवमा, जोखिम भार (१ सय ५० देखि १ सयसम्म) बाहेक अरू केही परिवर्तन गरिएको छैन । तर, सेयरको मूल्य बढ्दै गएको छ र कारोबार रकममा उस्तै छ । त्यसकारण विद्यमान बजार परिदृश्य मौद्रिक नीतिको परिणाम होइन । मेरो दोस्रो कुरा, अहिलेको अवस्थामा लगानीकर्ताले एउटै बैंकबाट १२ करोडसम्म ऋण लिन सक्छन् तर त्यसको कुनै अर्थ छैन । किनभने राष्ट्र बैंकको पहिलेको व्यवस्थामा पनि तीनवटा बैंकबाट यस्तो ऋण लिन सक्थे । उच्च ब्याजदरका कारण सेयर बजारबाहेक अन्य क्षेत्र नराम्ररी प्रभावित हुनेछन् । निष्कर्षमा, मौद्रिक नीतिले बजारलाई बढावा दिन खोजेको तरिका उपयुक्त छैन ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिएको छ
दिनेश ओझा
विद्यार्थी
मौद्रिक नीति भन्नाले केन्द्रीय बैंकले मुद्रा प्रसार र ब्याजदरजस्ता मौद्रिक औजारद्वारा आर्थिक क्रियाकलापलाई नियन्त्रण गर्ने नीति हो । केन्द्रीय बैंकले मूल्यस्तर निर्धारण गर्ने नीति हो । अन्य नीतिहरूमध्ये धेरै नै स्थिरी नीति हो । त्यसैले मौद्रिक नीतिले मुद्रा प्रसार घटबढ गरी ब्याजदरलाई अपेक्षित दरमा राख्न मद्दत गरेको छ । अर्थतन्त्रमा वस्तु तथा सेवाहरूको मूल्यलाई स्थिरता प्रदान गर्ने प्रयास गरेको छ । अनुचित आयातलाई नियन्त्रण गरी भुक्तानी सन्तुलन कायम राख्ने, वैदेशिक विनिमयको उचित स्तरसम्मको सञ्चिति व्यवस्था गर्ने गरेको छ । उत्पादन क्षेत्रतर्फ जाने कर्जालाई सरल बनाउनका निम्ति मौद्रिक नीतिमा विभिन्न खालका कर्जा नीतिद्वारा बैंकिङ पहुँच बढाएको छ । सुरक्षित र सक्षम भुक्तानी प्रणालीको विकास गरी डिजिटल बैंकिङलाई प्राथमिकताका साथ अघि बढाएको छ, जस्तै— आर कोडबाट भुक्तानी सेवा प्रदान, जसले गर्दा यस्तो डिजिटल बैंकिङमा आबद्ध हुने सर्वसाधारणको परिमाण बढ्दै गएको देखिन्छ ।
बजारमा यसले कस्तो बेफाइदा ल्याएको छ, वर्तमान समयमा बदलिँदो अर्थतन्त्रमा देखिएका नयाँ–नयाँ व्यवसायहरूलाई समयसापेक्ष सम्बोधन नगर्दा अर्थतन्त्रमा नयाँ–नयाँ व्यवसायलाई प्राप्त हुने बीउ पुँजीको सरल पहुँच तथा पर्याप्तता नभएको कारण त्यस्ता व्यवसायहरू अंकुर नपाउँदै हराउने अवस्था रहेको छ । वित्तीय स्रोतको सरल उपलब्धता नहुँदा साना तथा मझौला उद्योगहरूलाई महँगोमा स्रोत उपलब्ध हुने बाध्यता रहेको छ । आयातलाई मौद्रिक नीतिले मात्र नियन्त्रण गर्दा यो अल्पकालीन समाधानको रूपमा रहेकोमा यसलाई प्रमुख औजारका रूपमा मान्यता दिइएको देखिन्छ । समयसापेक्ष डिजिटल बैंकिङमा आएको नयाँ–नयाँ प्रविधिको उपयोग तथा त्यसको कारण मुद्रा प्रसारको प्रक्षेपणमा देखिएको चुनौतीको सम्बोधन नहुँदा वैदेशिक विनिमय सञ्चितिमा पनि चुनौती थपिएको देखिन्छ
यसले अर्थतन्त्रमा मूल्यलाई वाञ्छित स्तरमा राखी अर्थतन्त्रमा मूल्यवृद्धिलाई अपेक्षित दरमा राख्न मद्दत गर्छ । यसले प्रथम तह लगानीको लागतलाई न्यून गर्ने कार्यमा मद्दत गर्छ, समग्र अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्ने, बजारमा उचित मात्रामा मुद्रा प्रसार गरी ब्याजदरलाई अपेक्षित दरमा राख्न मद्दत गर्छ । वित्तीय नीतिले लिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्नका लागि विदेशी विनिमयको सञ्चिति गर्दै लक्षित आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्छ ।
अर्थतन्त्रमा तरलताको अभाव भएको बेला मौद्रिक नीतिले आफ्नो मुद्रा प्रसार व्यवस्थापनका उपकरणहरूको उपयोग गरी अर्थतन्त्रमा तरलताको अभावका कारण सिर्जना हुने ब्याजदरमा पर्ने चापका कारण ब्याजदरमा हुने वृद्धिले सोझो असर परी वस्तु तथा सेवाहरूको मूल्यमा वृद्धि हुने हुँदा यस्तो अवस्था आउन नदिनका लागि मौद्रिक नीतिले तरलता व्यवस्थापनका उपकरणहरूको उपयोग गरी बजारमा तरलताको सही व्यवस्थापनद्वारा महँगीलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
मौद्रिक नीतिले बजार उकास्न कस्तो सहयोग पुर्‍याएको छ । राम्रो मौद्रिक नीतिद्वारा अर्थतन्त्रको वित्तीय क्षेत्रको विकासमा दरिलो नीतिद्वारा मुद्रा बजार तथा पुँजीबजारको बृहत प्रवद्र्धन गर्दै स्रोतको उच्चत उपयोग गर्ने गरी वित्तीय प्रणालीको विकास गरेको देखिन्छ ।

बजारलाई बढावा दिन खोजेको तरिका ठीक छैन
कृष्णप्रसाद काफ्ले
व्यापारी
सरकारले निकाल्छ वित्तीय नीति र केन्द्रीय बैंकले मुद्रा छाप्ने काम गर्छ । त्यसको प्रचारप्रसार कुन बैंकमा कति दिन, बजारमा कुन हिसाबले पैसा पठाउने, बजारमा पैसा कति घटी/बढी गर्ने भन्ने कुरा मौद्रिक नीतिले गर्छ । यसको मुख्य उद्देश्य आर्थिक वृद्धि, रोजगारी, मूल्य र विदेशी मुद्राको स्थिरता, र भुक्तानी सन्तुलन गर्ने हो ।
मुद्राको आपूर्ति बढी भयो भने बजारमा मूल्य बढ्छ । आपूर्ति कम भयो भने बजारमा वस्तुको मूल्य घट्छ । मुख्य कुरा मुद्रास्फीति रोक्नका लागि मौद्रिक नीतिले मुख्य भूमिका खेलेको हुन्छ ।
पैसा नियन्त्रण गर्ने भयो, नियन्त्रण गरिसकेपछि बजारमा पैसा कम हुने भयो, सबै ऋणीले पैसा पाउने भएनन् । हामीसँग पैसा नभएपछि हामी वस्तु किन्न सक्दैनौं र मौद्रिक नीतिले बैंकमा ब्याजदर बढी हुने भयो । हरेक क्षेत्रमा ऋण नपाउने भए, नपाएपछि सामान किन्न नपाउने भए अनि सामानको मूल्य बढी हुने भयो । वस्तुको मूल्य बढी भएपछि माग घट्छ, माग कम हुन्छ । विदेशी बजारबाट वस्तु आयात गर्न उसले नियन्त्रण गर्ने भयो र सामान नआउँदा अझै बजारका सामानको मूल्य बढी हुने भयो । बजारमा नाफाभन्दा घाटा बढी छ । पैसा नियन्त्रण गर्छ, नियन्त्रण गर्दा बजारको सामानको मूल्य बढ्छ र जनतालाई पनि सामानको मूल्य बढ्छ र बजारमा सामान्य जीवन जिउनेलाई बढी पर्न जान्छ ।
यसले बजारको अर्थलाई स्थिरता दिन्छ र बजारमा पैसा आउन रोकेर बजारमा पैसाको मूल्य बढाउँछ । विदेशी मुद्राको मात्रा बढाइनेछ, जसले सम्पूर्ण राष्ट्रलाई सम्भव हुनबाट बचाउनेछ । भविष्यको आर्थिक प्रकोप ल्याउन सहयोग गर्छ ।
अहिलेको अवस्थामा लगानीकर्ताले एउटै बैंकबाट १२ करोडसम्म ऋण लिन सक्छन् तर त्यसको कुनै अर्थ छैन । किनभने राष्ट्र बैंकको पहिलेको व्यवस्थामा पनि तीनवटा बैंकबाट यस्तो ऋण लिन सक्थे । उच्च ब्याजदरका कारण सेयर बजारबाहेक अन्य क्षेत्र नराम्ररी प्रभावित हुनेछन् । निष्कर्षमा, मौद्रिक नीतिले बजारलाई बढावा दिन खोजेको तरिका उपयुक्त छैन । यसले निर्यात बढाउन र आयात घटाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्