गरिमा विकास बैंकको मोबाइल बैकिङ स्तरोन्नति

गरिमा विकास बैंकले थप सेवा सुविधासहित पुरानो मोबाइल बैकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ ।
यससँगै, अब यस विकास बैंकको मोबाइल बैकिङ एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ । ‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरी विभिन्न सुविधाहरु जसअन्तर्गत सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानी, मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक इस्टेटमेन्ट रिक्वेस्ट, क्यूआर पेमेन्टको सजिलै प्रयोग गर्न सक्नेछन् ।
साथै, स्तरोन्नती पश्चात यस विकास बैंकको मोबाइल बैकिङ एप ‘डिजि बटुवा’ अझ बढि सुरक्षित एवं ग्राहकमैत्री भएको छ । यस विकास बैंकका ग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्न सक्ने बैंकको भनाइ छ ।