सोलुखुम्बुको किन्जामा सनराइज बैंक

आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आउने क्रममा सोलुखुम्बुस्थित किन्जा, लिखुपिके गाउँपालिका–५ मा बैंकले सीमित बैंकिङ एकाइ सञ्चालनमा ल्याएको छ ।
चाँडै नै शाखा विस्तार गर्ने योजनालिई सोमबार आयोजित एक औपचारिक कार्यक्रममा सनराइज बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, बैंकका सञ्चालक दीपक नेपाल, लिखुपिल्के गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले संयुत्त, रूपमा सीमित बैंकिङ एकाइको उद्घाटन गरे ।
सो कार्यक्रममा एमभी हाइड्रोपावरका उपाध्यक्ष अंशुमन मोघा, लिखुपिल्के ३,४ र ५ का वडा अध्यक्षहरू लगायत सरकारी तथा गैरसरकारी निकायहरूका प्रमुखहरूको उपस्थिति रहेको बैंकले जनाएको छ ।