Logo

४८ दिनपछि खेतमा गाडेको अवस्थामा महिलाको शव बरामद

सर्लाहीमा ससुरालीबाट हराएकी भनिएको महिलाको शव ४८ दिनपछि प्रहरीले आफ्नै ससुराको खेतमा गाडेको अवस्थामा शव बरामद गरेको छ ।
प्रहरीले आफ्नै श्रीमतीलाई हत्या गरी खेतमा गाडेको आरोपमा श्रीमान्सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा गाउँपालिका–१ निवासी मृतक महिलाको पति बलदत्त भनिने रमजेशकुमार राय, ससुरा बुबा रामप्रताप राय र देवरराजु यादव रहेको प्रहरीले जनाएको हो ।
महोत्तरी जिल्लाको सोनमा गापा–६ मगरथाना निवासी रामकैलाश रायको २० वर्षीय मृतक छोरी निशा यादवको एक वर्षअघि सामाजिक परम्पराअनुसार बिहे भएको थियो ।
गएको ज्येष्ठ २३ गते मृतक महिलाको बुबा कैलाश राय यादवले छोरी हिजोदेखि ससुरालीबाट हराई बेपत्ता भएको भन्दै खोज तलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा हुलिया सहितको निवेदन दिएको थियो । त्यसकै भोलिपल्टै मृतक महिलाको ससुराले पनि बुहारी निशा यादव हराएको भन्दै खोज तलास गरी पाउँ भनी निवेदन दिएका थिए ।
घर परिवार तथा सशंकित व्यक्तिहरूसँगको सोधपुछ तथा प्रविधियुक्त विश्लेषण गर्ने क्रममा निज निशा यादवको ससुराका घर परिवारको सदस्यहरूउपर शंका लागि मृतक महिलाको श्रीमान् बालदत्त
भन्ने रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवरराजु यादवसँग घटनाको सम्बन्धमा बास्तविक बुझ्ने क्रममा घटनाको रहस्य खुलेको प्रहरीले जनाएको हो ।
घटनाको अनुसन्धान गर्ने क्रममा निशा यादवलाई हत्या गरी आफ्नो घरदेखि करिव ४ किमि पूर्वउत्तरतर्फ रहेको आफ्नै अ.२ कठ्ठा क्षेत्रफल (किता न.हाल एकीन नभएको ) खेतमा खाल्डो खनी शव पुरेका छौं भनी बताएपछि सावन ६ गतेका दिन अन्दाजी ९ बजेको समयमा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक.प्रवीण पोखरेल समेतको अनुसन्धान टोली खटी घटना स्थलमा पुगेका थिए ।
उनीहरूले देखाएको स्थानमा धान रोपेको खेतको आली छेउमा लम्बाइ ५ फिट ३ इन्च, चौडाइ ४ फिट १ इन्च र गहिराइ ६ फिट २ इन्च खाल्डो खन्दा जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको
साडी तथा सडी गलेको अवस्थामा लाश फेला पारेको थियो ।
घटनास्थलमा कानुनबमोजिम लाश जाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्