कारवाहीपछि वैदेशिक रोजगारीको ठगी रकम घट्यो

सरकारले वैदेशिक रोजगारीका क्रम हुने ठगी उजुरी उपर कारवाही तीव्र बनाएपछि ठगी दाबी रकम घटेको छ ।
वैदेशिक रोजगार विभागले श्रमिक ठगीका उजुरी उपर कारवाही बढाएपछि आघिल्लो आर्थिक वर्षको तुलनामा आधा भन्दा बढीले घटेको छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मेनपावर र व्यक्तिका नाममा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ३१ करोड रुपैयाँँको दाबी उजुरी परेकोमा गत आर्थिक् वर्षमा सो रकम घटेर ६५ करोड रुपैयाँ भएको छ । वदेशिक रोजगार विभागले सार्वजानिक गत वर्षको प्रगती प्रतिवेदनमा दाबी रकम घटेको देखिए पनि उजुरी संख्या भने बढेको छ । गत वर्ष ७८० उजुरी परेकोमा चालु आवको सोही अवधिमा १ हजार ७४२ उजुरी परेका छन् । यो वर्ष ठगीसहित उद्धारका उजुरी बढेका कारण उजुरीको संख्या बढेको हो ।
विभागले सार्वजानिक गरेको प्रगति प्रतिवेदनमा २ वर्षमा व्यक्तिगत ठगी दाबी रकम भन्दा मेनपावरविरुद्धका दाबी रकम बढी रहेको छ । विभागले चालु आवमा ४ सय १५ वटा उजुरी फछ्र्योट गरी पीडितलाई ३१ करोड ७९ लाख १८ हजार ६ सय ८५ रुपैयाँँ क्षतिपूर्ति उपलब्ध गराएको छ । क्षतिपूर्ति दिन नमान्ने र फरार ८७ ठगीका उजुरीविरुद्ध २२ करोड ३८ लाख ९४ हजार ४ सय ५० रुपैयाँँ विगो माग दाबी गरी मुद्दा दायर गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए । विभागले ठगी नियन्त्रणलाई प्राथमिकता दिएको कारण धेरै वर्षदेखि रहेको ठगी सम्बन्धी उजुरी आएको उनले बताए ।
महानिर्देशक पौडेलले ठगी र गुनासो बढेपछि अनुगमन तीव्र बनाई ठगी नियन्त्रमण गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए । गत वर्ष मेनपावरविरुद्ध ९७ करोड रुपैयाँ बराबरको ठगीका उजुरी परेको थियो । यस्तै व्यक्तिगततर्पm गत वर्ष ३४ करोड रुपैयाँको ठगी दाबीका उजुरी परेको थियो । कानुन अनुसार १० हजार रुपैयाँ भन्दा बढी लिन नपाउने भएकाले मेनपावरले नक्कली एजेन्ट खडा गरेर श्रमिकको भर्ना प्रक्रियाको काम गरिरहेका छन् । विभागले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न देशका विभिन्न भागमा अभिमुखिकरण कार्यक्रमसमेत सञ्चालन गर्न थालेको छ । वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्टको प्रवेशले ३० हजार रुपैयाँ पारिश्रमिकमा जाने श्रमिकले १ लाख ६० हजारसम्म तिर्नु परेको गुनासो गरेका छन् ।
श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रुपमा युवासँग पैसा असुल्ने र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढन् थालेपछि उजुरी परेका म्यानपावर व्यवसायीहरुको कारोबार रोक्का गरी वैदेशिक रोजगार ऐनको दफा ४४ अन्र्तगत मुद्दा चलाउन थालिएको छ । हालैमात्र विभागले दिपज्योति ओभरसिज १७ लाख ७० हजार, दि हिमालयन एचआरविरुद्ध ७ लाख १२ हजार र एसटिएल टे«ड लिंक प्रालिविरुद्ध ९० हजार रुपैयाँ बराबरको मुद्दा वैदेशिक रोजगार न्याधिकरणमा मुद्दा दायर गरेको छ । विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समुह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनी भित्रै पैसा लेनदेन हुने गरेको छ ।
संस्थागत रुपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा घटी पारिश्रमिक दिएकोलगायतका उजुरी पर्ने गरेका छन् । सम्झौतामा खाने र बस्ने व्यवस्था भएको भनिएकोमा सोको लागि तलबबाट रकम कट्टा गरेको लगायतबाट ठगीका उजुरी पर्ने गरेको छ । ठगीको उजुरी सम्बन्धमा विभागले क्षति पूर्तिको कारबाही गर्ने गरेको भएपनि उजुरीका घटनामा भने कमि आएको छैन ।