Logo

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएका छन् ।
नेपाली पुँजी बजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको हिमालयन क्यापिटलले घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सहकार्य गरेको जनाएको छ । घोराही सिमेन्ले ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रवद्र्घन सम्बन्धि सम्झौता गरेको छ ।
सम्झौतामा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र घोराही सिमेन्टका सञ्चालक आदित्य संघाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
२०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरी व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । नेपालको उद्योगीकरण र व्यापार प्रवद्र्घनमा उल्लेखनीय योगदान पु¥याउँदै राष्ट्रको विकासमा हातेमालो गर्ने त्रिवेणी र बिशाल समूहबाट संयुक्त रुपमा प्रवद्र्धित घोराही सिमेन्ट क्लिंकर उत्पादन क्षमतार सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ. ।
हाल कम्पनीले नेपालमा सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्