Logo

कुमारी बैंकको ‘विविध धनवृद्धि मुद्दती निक्षेप योजना’

कुमारी बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफलदिने विविध निक्षेप मुद्दती योजनाहरुको घोषणा गरेको छ । सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्था समावेश हुन सक्ने छन् ।
उक्त मुद्दती निक्षेप योजना दीर्घकालीन अवधिका लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघ संस्थातर्फ लक्षित छन् । सो निक्षेप योजनाअनुसार व्यक्ति तथा संघसंस्थाले तोकिएको अवधि समाप्त भएपछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्ने छन् ।
व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् ।
यसैगरी संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । उल्लिखित मुद्दती योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।
नेपाली वित्तीय क्षेत्रमा हालसम्मकै व्यक्तिगत एवं संस्थागत मुद्धतीमा उच्चतम व्याजदर दिनेमध्येमा यी योजनाहरु पर्ने बैंकको दावी छ । वर्तमान वित्तीय बजारमा उच्चतम प्रतिफलसहितकोे सो योजनामा समावेश हुने संघसंस्थाले आगामी दशककै उत्कृष्ट प्रतिफल प्राप्त गर्न सक्नेमा विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्