हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट

हिमालयन हाइड्रोपावरले आईपीओ बाँडफाँट गरेको छ । मंगलबार कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले ९३ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो । यसका लागि १५ लाख ९५ जना ५५४ जना आवेदकले १ करोड ७७ लाख ५४ लाख ३०० कित्ता सेयरका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १५ हजार ९३ हजार ७९६ जनाको सूचीकृत भएका थिए ।
१० कित्ताका दरले आवेदन दिने १ लाख ८३ हजार ४७ जना आवेदकलाई गोलाप्रथामार्फत १० कित्ता सेयर र अन्य दुई जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेको गोल्बल आइएमई क्यापिटलले जनाएको छ । आवेदन दिएकामध्ये १४ लाख ५७ हजार ५०५ जनाको भने हात खाली भएको छ ।
हाइड्रोपावरले प्रतिकित्ता अंकित मूल्य १०० का दर १९ लाख ६८ हजार २५० कित्ता सेयर १५ असारसम्म सेयर बिक्री खुला गरेको थियो ।