संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका नेता कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् ।
उनले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै सो विधेयक लैजानु नहुने बताए । त्यस्तै उनले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्नु नहुने बताए । सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उनले बताए ।
डा. कोइरालाले नागरिकतासम्बन्धी विधेयकको छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी रहेकोमा जोड दिए ।