हैजा नियन्त्रणमा सरसफाइको महत्व «

हैजा नियन्त्रणमा सरसफाइको महत्व

सरसफाइको अभावमा विभिन्न महामारीको प्रकोपको सामना गर्नुपर्ने हुन्छ । त्यसमध्ये हैजा पनि एक हो । यो रोग पानी वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेको केही घण्टाभित्रै शरीर कमजोर हुन थाल्छ । विशेष गरी दूषित खाना वा पानीको प्रयोग गरेपछि यो लक्षण देखिन्छ । अचानक पानीजस्तो तारन्तार दिसा हुने, पेटमा असजिलो हुने, खान मन नलाग्ने, चौलानी पानीजस्तो दिसा भइरही दिनको ५० देखि ६० पटकसम्म पातलो दिशा हुने, बान्ता तारन्तार हुने, पिँडौलाको मासु बाउँडिने, धेरै तिर्खा लागी छटपटाहट हुने, पिसाबमा कमी आउने, सानो बच्चाको तालुमा खाल्टो पर्ने, आँखा भित्र गाडिने, आँसु नआउने, ओठमुख सुक्ने, छालाको चमक हराउने आदि भई शक्ति क्षण हुन्छ । हाम्रो देशमा बेलाबेलामा देखा पर्ने विभिन्न प्राकृतिक विपद्ले खानेपानीको मुहान प्रदूषण हुने र सहरी क्षेत्रमा ढलको उचित निकास तथा फोहोरमैलाको उचित व्यवस्थापन नभएका कारण हैजाजस्तो महामारी देखा पर्ने गर्छ । साथै विगत केही महिनादेखि काठमाडौँमा अव्यवस्थित रूपमा फालिएको फोहोर र उच्च तापक्रम तथा उच्च बर्सातका कारण यो रोग देखा परेको समाचार प्रकाशमा आएको छ । यसलाई निराकरण गर्न समुदायमा आवश्यक सरसफाइका लागि जनचेतना अभिवृद्धि गर्न आवश्यक छ ।
काठमाडौँ उपत्यकामा हाल देखिएको हैजाका बिरामी फोहोरमैलाको आवश्यक व्यवस्थापनको अभावमा देखिएको भन्ने स्वास्थ्यकर्मीको ठम्याइ छ । त्यसकारण यो रोगको नियन्त्रणका लागि, फोहोरमैलाको आवश्यक व्यवस्थापन, शौचालयको प्रयोग, नियमित साबुनपानीले राम्रोसँग हात धुने बानीको विकास, स्वच्छ र सफा खाना तथा फलपूmल र तरकारीको सेवन, राम्रोसँग सफा पानीले सफा गरेको सलाद, पिउने पानीलाई सकेसम्म उमालेर मात्र पिउने बानी व्यवहारमा परिवर्तन गर्न सकेमा हैजा रोगलाई रोकथाम र नियन्त्रण गर्न सकिन्छ । यो रोगको लक्षण देखा परेमा तुरुन्त जीवनजल पानीको सेवन गर्ने तथा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु आवश्यक हुन्छ । हैजा नेपाली समुदायमा सयौँ वर्ष अगाडिदेखि जरा गाडेर रहेको र बेलाबेलामा प्रकोपको रूपमा देखा परिरहेको हुँदा यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने आजको आवश्यकता हो । पानीजन्य रोग भएको हुँदा पानी तथा सरसफाइमा स्थानीय सरकार (घरदैलोको सरकार), प्रदेश सरकार तथा संघीय सरकारको ध्यान जान जरुरी देखिन्छ । फोहोरमैलाको आवश्यक व्यवस्थापन तथा शुद्ध पिउने पानीको व्यवस्था सम्पूर्ण नागरिकलाई पु¥याउन सकेमा र चर्पीमा मात्र दिसा–पिसाब गर्ने बानीको विकास, खाना खानुअगाडि चर्पीको प्रयोग गरेपछि र फोहोर चिज छोएपछि साबुनपानीले राम्रोसँग हात धुने बानीको विकास गर्न सकेमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । यो रोग पैmलनुको मुख्य कारण माथि भनेजस्तै फोहोरमैलाको उचित व्यवस्थापन नभई सोको प्रभाव खानेपानी तथा वातावरणमा परेकाले फोहोमैला व्यवस्थापन गरी स्वच्छ वातावरण राख्न अति आवश्यक छ ।
फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तŒवहरू निम्न छन् ः नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो, आफ्नो जिम्मेवारी नसम्झी अस्तव्यस्त तरिकाबाट फोहोरमैला उत्पादन गर्ने, स्थानीय बासिन्दासँग भएको समझदारी कार्यान्वयनमा कमी हुने, फोहोरमैला व्यवस्थापनका लागि स्रोत परिचालन नहुनु, कानुनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावको समस्या, फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि सोअनुसार कार्यान्वयन गर्न नसक्नु, फोहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव, आवश्यक भौतिक पूर्वाधारहरू जस्तै सेनिटरी ल्यान्डफिल साइटको अभाव, प्रयोगशाला, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव, निहित स्वार्थ, राजनीतिक खिचातानी, फोहोरमैला उचित व्यवस्थापनको अभावबाट महामारीको प्रभाव, फोहोरमैला व्यवस्थापनमा अन्तरनगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन गर्न नसक्नु, संस्थागत रूपले तालिम तथा विकास हुन नसकेको, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, समयमै वैकल्पिक डम्पिङ साइट व्यवस्थापन गर्न नसक्नु, अझै कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतको रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभई खर्बौं धनराशि नोक्सान तथा मानव स्वास्थ्यमा असर भएको । यी माथिका कारणबाट काठमाडांै उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा कमजोर क्षमता विकासको कारण फोहोरमैलाको व्यवस्थानमै राष्ट्रिय रूपमा चुनौतीपूर्ण बन्नु दुःखको कुरा हो । यसका कारण बेलाबखत तथा हालको काठमाडौँ उपत्यकामा देखा परेको हैजाजस्ता विभिन्न महामारीको सामना गर्नुपरेको छ ।
हैजाको उचित नियन्त्रणका लागि फोहोरमैला व्यवस्थापन अपरिहार्य हुन्छ । सोका लागि स्रोतमै फोहोरमैला उत्पादन कम तथा व्यवस्थापन गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीको अहम् भूमिकाबारे जानकारी गराउने, साथै विद्यालय तथा विद्यार्थीको माध्यमबाट सोबारे अभिमुखीकरण गर्ने, पालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन र यसको बहुआयामिक उपयोग नीतिमा सार्वजानिक, निजी र नागरिकबीच सहकार्यात्मक ढंगबाट अगाडि बढ्नुपर्ने, सन् २०३० को दिगो विकासको लक्ष्य र सन् २०४३ को समुन्नत नेपालको लक्ष्यमा पुग्न व्यवस्थित र गुणस्तरीय सहर तथा गाउँको पूर्वाधार हुनुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नका लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अद्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणाको विकास गर्ने, नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्य योजना बनाई अगाडि ल्याउन आवश्यक छ । यस्तो कार्ययोजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवा सुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने सोबाट ठूलो धनराशिको बचत हुने, फोहोरमैला न्यूनीकरण गर्ने, घरेलु उपायहरू अवलम्बन गर्ने र नगरपालिकाले उपयुक्त प्रविधि भिœयाई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहोर आर्जन गरी कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्यान्डफिल साइडको व्यवस्था गर्ने, पब्लिक–प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकोले कतै निकायगत जिम्मेवारीमा दोहोरोपना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुँदा फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुने गरी विद्यमान कानुनहरूलाई परिमार्जन गरिनुपर्ने, माध्यमिक तहको विद्यालयको पाठ्यक्रममा नै फोहोरमैलाको स्रोत परिचालनसम्बन्धी विषयवस्तु राख्नुपर्ने, प्राङ्गारिक मलको कारखाना खोल्न आवश्यक पहल गर्नुपर्छ । काठमाडौँ महानगरपालिका तथा अन्य सहरको फोहोरमैलाको व्यवस्थापनमा सहयोगका लागि सम्पूर्ण सरकारी, निजी, गैरसरकारी संस्था, विद्यालय तथा विश्वविद्यालय, युवा क्लब, स्वयंसेवक, नागरिक समाज आदि सबैसँग फोहोरमैला व्यवस्थापन सहयोग लिन अति आवश्यक छ । यसो भएमा मात्र फोहोमैलाको उचित व्यवस्थापन भई हैजाजस्तो महामारीलाई नियन्त्रण गरी सबै मानिसको स्वास्थ्य गुणस्तर बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्