Logo

सेञ्चुरी बैंक र धुलिखेलका होटल तथा रिसोर्टबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंकले धुलिखेलका सुविधासम्पन्न विभिन्न होटल तथा रिसोर्टसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेल लज रिसोर्ट, धुलिखेल भिलेज रिसोर्ट, होटल सारथी, माउण्ट प्रिन्सेस होटल, धुलिखेल नेचर होम र मिरावेल रिसार्ट एण्ड होटलबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भुक्तानी गर्दा छुट पाउने छन् । सम्झौता अनुसार ती होटल तथा रिसोर्टहरुले बैंकका ग्राहकलाई आफ्ना सेवा सुविधा लिएबापत १० देखि २० प्रतिशतसम्म छुट दिने भएका छन् ।
सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र होटल तथा रिसोर्टका प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् । यसअघि बैंकको धुलिखेल शाखा र हिमालय दृष्य रिसोर्टसँग छुट दिनेबारे सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्