Logo

फोनपे पेमेन्टको नयाँ अभियान सञ्चालन

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सुरु गरेको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंक कारोबारमार्फत् रकम पठाउन सकिन्छ ।
फोनपेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै मानव जीवनलाई र सहज बनाउने किसिमका सेवा सञ्चालन गर्दै आएको दावी गरेको छ । प्रविधि–सञ्चालित तथा ग्राहक–केन्द्रित दृष्टि कोणबाट वित्तीय सेवालाई सरल, पहुँचयोग्य र किफायती बनाउँदै फोनपेले निरन्तर रूपमा दुई पक्षबीचको वित्तीय कारोबारलाई सरल र सहज बनाउन थप परिष्कृत तरिकाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।
फोनपे डाइरेक्ट फोनपेको डिजिटल कारोबारको इकोसिस्टम अन्तर्गतको अर्को नवीन सेवा रहेको विज्ञप्तिमा उल्लेख छ ।
यहाँ मोबाइल बैंकिङ एपको मार्फत् सहज एवं सुरक्षित रुपमा मोबाइल बैंकिङ एपबाट रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ । पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ्ग एप लगइन गर्नु पर्दछ । लगइन गरेपछि सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाइल नम्बर राखेर पठाउन सकिन्छ ।

यो ‘पैसा पठाऔं ठाउँको ठाउँ’ अभियानले यसको बृहत् फिनटेक नेटवर्कमार्फत रकम स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्न सक्ने अपेक्षा रहेको कम्पनीले जनाएको छ । पैसा पठाउन वा अन्य कुनै पनि भुक्तानी गर्न अपनाइने परम्परागत जटिलतालाई यसले कम गर्दछ ।
यसका अतिरिक्त, मोबाइल बैंकिङ एप्सबाट रकम स्थानान्तरण गर्दा समेत कहिलेकाहीँ बैंकको खाता सही नभएको, बैंक शाखा विवरणहरू उपलब्ध नभएको, खातावालाको नाम, आदि कुराहरु नमिल्दा रकम पठाउन सकिदैन । तर फोनपेले यस्ता सम्पूर्ण समस्या समाधान गर्दछ । फोनपे डाइरेक्टबाट पैसा पठाउनको लागि बैंक खाता नम्बरको आवश्यकता पर्दैन, र यो केवल मोबाइल नम्बर र बैंकको नामबाट पैसा पठाउन सकिन्छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्टलगायतका कारोबार गर्ने सुविधा पनि छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ८ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्