आकासे पानीको भरमा ७५ प्रतिशत रोपाइँ «

आकासे पानीको भरमा ७५ प्रतिशत रोपाइँ

मुगमा आकाशे पानीको भरमा करिब ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मध्य असारसमममा जिल्लाका मुख्य रुपमा धान उत्पादन हुने क्षेत्रहरु खत्गाड, सोरु र गम भेगका विभिन्न क्षेत्रमा धान रोपाइँ भइरहेका छन् । जिल्लामा फरक–फरक हावापानीका कारण आकाशे पानीकै भरमा रधान खेती गर्न किसानेल जेठको पहिलो सातादेखि नै रोपाइँ सुरु गरेका छन् ।
हिमाली जिल्ला सिँचाइको अभाव र पर्याप्त वर्षासमेत नहुँदा किसानले समयमै धान रोप्न पाउँदैनन् । पर्याप्त सिँचाइको सुविधा नभएकाले यहाँका किनले मुख्य रुपमा कोदोको खेती गर्ने गरेका छन् । पछिल्लो समय किसानले धानको विकलपमा सिँचाइको आवश्यक नपर्ने वैकल्पिक बाली लगाउन थालेका छन् । उनीहरुले धानको विकल्पमा नगदे बाली पनि खेती थालेको बताएका छन् ।

जिल्लामा तरकारी र अन्य नगदे बाली संरक्षण गरी किसानलाई पनि आय आर्जन हुने खेतीतर्फ सरकारी निकायको ध्यान जानुपर्ने मुगुका सहायक प्रमुख जिल्ला अधिकारी खड्क बहादुर रोकायाले बताए । उनले सरकारीले विशेष अभियान सञ्चालन गरेर भएपनि कृषक केन्द्रीत कार्यक्रमहरु ल्याउने बताए ।
जिल्लामा ६ हजार ८ सय ७६ हेक्टर क्षेत्रफमा धान खेती हुने गरेको छ । मुगुमा स्थानीय रातो रैथाने, चन्दनाथ १, २, चाइचु, घडियालगाएत ४, ५ प्रजातिका धान उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्