समृद्धि फाइनान्सको पैसा दोब्बर हुने निक्षेप योजना «

समृद्धि फाइनान्सको पैसा दोब्बर हुने निक्षेप योजना

समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्घति निक्षेपको योजना अन्तरगत ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।
यसका साथ साथै फाइनान्सले ९ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा र १८ वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । यस निक्षेप योजनाको लक्षित ग्राहकहरु, विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीद्र्यकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहकहरू र विदेशमा काम गर्ने व्यक्तिले आफ्ना छोराछोरीको भविष्यको शिक्षाको लागि पैसा जम्मा गर्न चाहने ग्राहकलाई पनि आकर्षित गर्नु रहेको बताइएको छ ।

न्यूनतम ५० हजारदेखि खाता खोल्न सकिने र समृद्धि फाइनान्सका पाँचवटै शाखाबाट यो सेवा लिन सक्ने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधिक्तम १० प्रतिशतसहित आर्कषक व्याजदरका विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्