हिमालयन हाइड्रोपावरको आइपीओ बिक्री खुला «

हिमालयन हाइड्रोपावरको आइपीओ बिक्री खुला

हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।
कम्पनीले निष्काशन गर्ने कूल सेयरमध्ये ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारी र ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । त्यसपश्चात बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयरमा सर्वसाधारणले १९ असारसम्म आवेदन दिन पाउने तथा निष्काशनबमोजिम माग नआए ढिलोमा २९ असारसम्म कम्पनीको आइपीओ बिक्री खुला रहने कम्पनीले जनाएको छ ।


लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनसक्ने छन् । आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
यसका साथै ‘मेरो सेयर’ एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्