मानुषी लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण «

मानुषी लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

मानुषी लघुवित्तले शैक्षिक सामग्री वितरण गरेको छ । लघुवित्तले गत शुक्रबार एक कार्यक्रम आयोजना गरी नाम्दु–६, वैतेश्वर, दोलखास्थित वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको उपस्थितिमा शैक्षिक सामग्रीहरु वितरण गरिनुका साथै वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको थियो । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको छ । चालु आर्थिक वर्षमा नै आईपीओ निष्काशन गरेको संस्थाले देशभरी ३४ शाखाहरुबाट १४८ कर्मचारीमार्फत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको बज्राचार्यले बताइन् ।

प्रतिक्रिया दिनुहोस्