Logo

एनआइसी एशिया बैंकको क्यूआर कोड वितरण अभियान

एनआइसी एशिया बैंकले सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको छ ।
सोही अनुरुप बैंकले डिजिटल भुक्तानी प्रवद्र्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण गर्न सुरू गरेको छ । बैंकले क्यूआर कोड उक्त ठाउँका २०० भन्दा बढी अटो रिक्सा एवम् सिटी सफारी जस्ता सवारी साधनहरूमा सुरुवाती चरणमा वितरण गरेको हो ।

बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले उक्त क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्रभित्र रहेका २०० भन्दा बढी ई–रिक्सा सदस्यलाई क्यूआर भुक्तानी सेवा वितरण गरेका छन् । यसरी क्यूआर कोड सेवा लिन बैंकको सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकलाई बैंकले शून्य मौज्दात मै एक वर्षका लागि १० लाख रुपैयाँ रकम बराबरको दुर्घटना बिमासमेत उपलब्ध गराएको छ ।
हाल बैंकले देशभर रहेको आफ्नो ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङमार्फत ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्