एनएमबि बैंकको मुद्दतीमा डब्बल प्रतिफलको योजना «

एनएमबि बैंकको मुद्दतीमा डब्बल प्रतिफलको योजना

एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुका लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ ।
डबल मुद्दती योजनाअन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरी, जन्मभूमि डबल मुद्दती योजनामा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।

सोही योजनाअन्तर्गत एनएमबि बैंकका ग्राहकले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्