मानव जीवनमा शाकाहारी खाना र रगतको महत्व «

मानव जीवनमा शाकाहारी खाना र रगतको महत्व

मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै भोजन हो । गुणस्तर स्वास्थ्य बनाउनका लागि तागत वा शक्ति दिने खानेकुराको त्यत्तिकै महŒव हुन्छ । सोका लागि शाकाहारी खानाको भूमिका महŒवपूर्ण हुन्छ । जस्तै : खीर, हलुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ खानाको रूपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, सखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ भोजनका रूपमा लिन सकिन्छ । शरीरको तापक्रम र सन्तुलन बनाइराख्ने, मांसपेशी बलियो बनाउने, शरीरका मुख्य अंगहरू (मृगौला, मुटु, फोक्सो, मस्तिष्क) लाई निरोगी राख्ने एवं विभिन्न समस्याहरू निराकरण गर्ने यी शाकाहारी खाना नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनका लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी’, रगत राम्रो बनाउने तŒव, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्छ । तरकारीका रूपमा प्रयोग गरिने आलुबाट भिटामिन सी प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पु¥याउँछ । खानामा भएको तŒव पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ, जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्छ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु¥याएको कुरा विभिन्न अध्ययनले जनाएको छ । यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांसपेशी कमजोर हुन गई जाँगरसमेत कम हुन्छ । थकाइ छिटो लाग्छ, जाडो भएको महसुस भई जीउ काँप्छ । शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ । अतः शरीरको विकास र दीर्घ जीवनका लागि माथि उल्लिखित प्रोटिनयुक्त शाकाहारी खाना खानुपर्छ । प्रोटिन कपाल, हाड, मांसपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तŒव हो । यसले शरीरको मुटु, मृगौला र कलेजोका कोषहरूलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्छ । छाला, हाड र मांसपेशीका कोषहरू ६–७ महिनासम्म जीवित राख्छ । प्रोटिनले घाउ छिटो निको गर्न मद्दत पु¥याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तŒव क्याल्सियम पनि प्रदान गर्छ । प्रोटिन र भिटामिन खाएनौं भने खानामा भएका तŒवहरू सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तŒवहरू दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महŒवपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरूसित खायौं भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तŒव पचाउन सक्छ । त्यसैले विभिन्न किसिमका खानेकुरा मिलाएर खानु फाइदाजनक हुन्छ ।
शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन, केटाकेटीहरू ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बूढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो र जिङ्ग्रिङ्ग परेको हुन्छ । कहिलेकाहीं छालामा दाग पनि देखिन्छ । घाउ वा खटिरा आयो भने निको हुँदैन । घाउ छिट्टै राँक्किने र पाक्ने हुन्छ । अतः प्रोटिनयुक्त खानेकुरामा सबभन्दा असल स्रोतहरू भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । जस्तै ः भटमास, मह, सागसब्जी राम्रो स्रोतका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाको दूध बच्चाको लागि अमृतसरह हुन्छ । यदि आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दो मात्रामा खान्छिन् भने त्यस आमाको दूध खाने बच्चा पुष्ट र स्वस्थ हुन्छ । आमाले मिश्रित खाना सेवन गर्दा आमाको दूध प्रशस्त मात्रामा आउँछ । हाम्रो शरीरलाई आवश्यक पर्ने तŒवहरू गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन्, जसले रोगका कीटाणु, सरुवा रोग र कमजोरी हुनबाट बचाउँछ । फर्सी, गाजर, बकुला र उमारेको गेडागुडीहरूमा प्रशस्त शरीरलाई आवश्यक पर्ने तŒवहरू हुन्छन्, साथै सामान्यतया भिटामिन ‘ए’ शरीरका निम्ति अति आवश्यक हुन्छ । शारीरिक विकास, राम्रो आँखा, आँखाको तेज, स्वस्थ छाला, बलियो दाँत र हाडहरू बनाइराख्नका लागि भिटामिन ‘ए’ आवश्यक हुन्छ । भिटामिन ‘बी’ ले नशासम्बन्धी रोगबाट बचाउँछ । भिटामिन ‘सी’ ले शरीरका कोषहरू बलियो बनाउँछ । विशेष गरी जोर्नीहरू, मुख र गिजालाई फाइदा पु¥याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरलाई फलामको मात्रा वृद्धि गर्न पनि मद्दत गर्छ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्छ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खलास गराउँछ । हाम्रो समाजमा अज्ञानका कारण केही साना बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन् । अतः गाढा हरियो सागपात नखाएर भिटामिन ‘ए’ को कमी हुन्छ । भिटामिन ‘ए’ आँखाका लागि अति आवश्यक हुन्छ । यसको कमीले रतन्धो हुन्छ । यस किसिमको समस्या विशेष गरी केटाकेटीमा पाइन्छ । त्यस्तै आँखा ज्यादै दुख्ने समस्या हुन सक्छ । सानो बालक छ भने आँखा मिचिरहन्छ । त्यसैगरी आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको सबै कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ । भिटामिन ‘ए’ कमी भएका व्यक्तिलाई केही हप्तासम्म भिटामिन ‘ए’ भएका फलफूल जस्तै— गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि खुवाउनुपर्छ । यदि यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही हप्तामा नै आँखाको समस्या हटेर जान्छ । तर, उसले निको नभएसम्म सधैं हरियो सागपात खानुपर्छ र जीवनभरि हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतŒव पाइन्छ । लौहतŒवको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्ता खानेकुराहरू खानु आवश्यक छ ।
यसै सिलसिलामा प्राणी जगत्मा रगत महŒवपूर्ण छ । प्राणीका लागि त जीवनको आधारशिला नै रगत हो । हरेक वर्ष जुन १४ मा विश्व रक्तदाता दिवस भएकाले सोबारे संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । माथि भनेजस्तै विभिन्न तŒवमध्ये हाम्रो शरीर सञ्चालन गर्न खाद्यपदार्थबारे उल्लेख गरिसकेको छ । शरीर सञ्चालनका लागि रगतको आवश्यकता पर्छ । सो सिलसिलामा साधारण शरीर, दुर्घटना तथा विभिन्न अवरोधमा रगतको आवश्यकता पर्छ । यसका लागि अस्पतालले मात्र आवश्यक रगतको व्यवस्था गर्न सक्दैन । रगत प्रयोगशालामा बनाउने चिज पनि होइन, यो त मानव शरीरबाटै उत्पादन गर्ने अति महŒवपूर्ण जीवनशीला हो । विभिन्न खाले बिरामीलाई समयमै रगतको पूर्ति हुन सकेन भने बिरामीको ज्यान खतरामा परी रगतको अभावमा मृत्युसमेत हुन सक्छ । अतः रक्तदान मानव जीवनको पुण्य कमाइ नै महादान हो । तपाईं–हामी सबैले थाहा पाउनुपर्ने कुरा, हरेक वर्ष जुन १४ माथिको कुरालाई मनन गरी संसारभर विश्व रक्तदाता दिवसका रूपमा मनाइन्छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्यान्डाटिनको जन्मदिन १४ जुनको अवसर पारेर यो दिवस मनाउने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाइएको हो । मानव रक्तसमूह आठ प्रकारका छन् । रगत समूहअनुसार विभिन्न मानव शरीरमा मेल खाने समूहका रगत आवश्यक परेको बेला बिरामीलाई चढाइन्छ । सामान्यतः एकपटक रक्तदान गरेर अर्काे पटक रक्तदान गर्न बीचमा तीन महिना फरक राख्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । रक्तदान गर्नका लागि सामान्यतया ५० केजी तौल भएको १८ वर्ष र बढीमा ६० वर्षको उमेर तोकिएको सम्बन्धित क्षेत्रका विज्ञले प्रकाश पारेको छन् । रक्तदान नै जीवनदान हो । केही कुराहरू पैसा तिरेर पनि पाइँदैन, पसलमा पनि बेचिँदैन । कति कुराहरू बेलैमा नपाए मानवको जीवन जोखिममा परी मृत्युवरण हुने अवस्था हुन सक्छ । तपाईं–हामी सबैको नसा–नसामा दौडिरहेको, प्राणीहरूको तन्तुहरूमा आवश्यक कुराहरू पु¥याइरहेको शरीरको तापक्रम सन्तुलन गरी आवश्यक प्राणीको प्राणतŒवको रक्षा गरिरहेको रगत शरीरका लागि अपरिहार्य पदार्थ भएकाले रक्तदानको आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति तपाईं–हामीले पक्कै पनि कृतज्ञता भई नयाँ रक्तदाताको रूपमा युवापुस्ताहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गरी यस्तो महादान गरी जीवन रक्षा गर्ने रक्तदाताले साँच्चै नै रक्तदान गरी पुण्य कमाई हामी सबैलाई बचाइरहेका छन् भन्नुमा अत्युक्ति नहोला ।

प्रतिक्रिया दिनुहोस्