मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर «

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नया‘ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको राष्ट्रिय सभा सदस्य माननीय रमेशजंग रायमाझीले उद्घाटन गरे । कार्यक्रममा रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत उपस्थित थिए ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फतआफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन् । सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ ।
साथै बैंकको हालसम्म ९७ एटीएम छन् । बैंकले हालसम्म करिब ९२ अर्ब निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रतिक्रिया दिनुहोस्