Logo

महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक

महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ ।
जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाइरहेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।
एक हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सावाँमा गाभिएर एकमुष्ठ रुपमा भुक्तानी गरिन बैंकले जनाएको छ । यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले ५ वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् ।
महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोल्ने ग्राहकले मुद्दती खाता योजनाअन्तर्गतको आकर्षक यस महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्