एनएमबि बैंकद्वारा ‘छोरी’ का लागी वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तिकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’ मा आवद्ध महिलाका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रमा उपस्थित दिदी बहिनीहरूलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।
कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थी र छोरी संस्थाको तर्फबाट कार्यक्रम संयोजक शारदा पुरी उपस्थित थिए । छोरी संस्थाका दिदी बहिनीलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने विश्वास लिएको बैंकले जनाएको छ ।