Logo

ग्लोबल आइएमई बैंक र एनसीएचएलबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध–सरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानी उपलब्ध हुने व्यवस्था गरेको छ ।
साथै बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्टलगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउने जनाएको छ ।
बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८८ शाखा, २५९ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाखभन्दा ग्राहकलाई सेवा दिँदै आएको दावी गरेको छ । नेशनल पेमेन्ट स्वीचमा आबद्धमध्ये धेरैजसो संस्थाले यस स्वीचअन्तर्गतका विभिन्न भुक्तानी उपकरण कार्यान्वयन गरिसकेको कम्पनीको भनाइ छ ।
नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण, वालेट–वालेटबीच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर आबद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरण उपलब्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्