सन्राइज बैंकको दोब्बर मुद्दति योजना

सन्राइज बैंकले सन्राइज दोब्बर मुद्दति योजना सञ्चालनमा ल्याएको छ ।
आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको मुद्दतिमा ग्राहकले न्यूनतम एक लाख रुपैयाँ जम्मा गरी मुद्दति खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
यो योजनाअन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सकिने बताइएको छ । मुद्दति योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिनपनि सकिनेछ । यस्तै विशेष सुविधामा ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्कसमेत मिनाहा गरिएको बैंकले जनाएको छ ।
यसैगरी ग्राहकलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिँदै हरेक बचत खाता स्वास्थ्य बिमा प्रदान गर्दै आएको जनाएको छ । साथै नारीलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलालाई ५ लाख रुपैयाँसम्मको घातक रोग खर्च एक लाख रुपैयाँसम्मको प्रसुती खर्चसमेत प्रदान गर्दै आएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।