सन्राइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

आन्तरिक र बाहिरी पर्यटकका लागि पोखरा लेकसाइड सेदीदेखि सराङ्गकोटसम्म सुरु भएको अन्नपूर्ण केबलकारमा सन्राइज बैंकका ग्राहकलाई विशेष छुटको व्यवस्था भएको छ ।
बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट पाउनेबारे सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौतासँगै बैंकका ग्राहकले पोखरास्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सन्राइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।
बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानअनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र उनीहरुको अपेक्षाअनुरुप नवीनतम सेवा सुविधा थप गर्दै जाने बैंकले जनाएको छ ।