नेपाल प्रहरीलाई मेगा बैंकको सहयोग

मेगा बैंक नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।
बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् ।
स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज बनाउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बैंकले जनाएको छ ।
सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ ।