४९ जनाले गरे रक्तदान

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित हरहर महादेवमा शनिबार ४९ जनाले रक्तदान गरेका थिए । घनामंगल युथ फोरम फर सोसाइटीको आयोजना र कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा खुल्ला रक्त दान कार्यक्रम भएको थियो ।
कोरोना महामारी सँगै मुलुकमा रगतको अभाव सिर्जना भइरहेको अवस्थामा केही संकलित रगतले मानिसहरूको जीवन बचाउन सहयोग पुग्ने भन्दै खुल्ला रक्तदानको आयोजना गर्नु परेको घनामंगल युथ फोरमफर सोसाइजटीका सचिव शेखर सिग्देलले बताए ।
खुल्ला रक्तदान कार्यक्रममा ४९ जना सहभागी मध्य १२ जना महिला र ३७ जना पुरुषले रक्तदान गरेको सोसाइटीका अध्यक्ष भीमसेन न्यौपाले जानकारी दिए ।