Logo

मधेश प्रदेशमा लक्ष्मी बैंकको एक्स्टेन्सन काउन्टर विस्तार

लक्ष्मी बैंकले सञ्जाल विस्तार गर्ने क्रममा दुई वटा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ ।
बैंकले महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा एक्सटेन्सन काउण्टर स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।
एक्स्टेन्सन काउन्टरहरुको शुरुवातसँगै बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
यसका साथै बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने प्रतिवद्धता पनि जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाको बढ्दो माग पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको दावी गरेको छ ।
बैंकले ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो विस्तार गर्दै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्