Logo

सवारी साधनमा २० वर्षे मापदण्डप्रति व्यवसायीको असन्तुष्टि

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष स्वाँर सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्न सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्ने बताए । उनले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भ्यान्टिलेटरमा रहेको यातायात क्षेत्रलाई पुनः जागृत बनाउने गरी काम गर्ने बताए । उनले अबको सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो सार्वजनिक यातायात बनाउने पहिलो योजना रहेको बताए ।
१० अर्बको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदुर मिलेर पुँजीको संरक्षण गन आवश्यक रहेको अध्यक्ष स्वाँरको भनाइ छ । नेपालमा खरिद गरेर ल्याएका गाडीमा चल्ने २० वर्षको मापन अवधि वैज्ञानिक नभएको भन्दै अध्यक्ष स्वाँरले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने काम तत्काल बन्द गर्नु पर्ने बताए । उनले २० वर्ष पुगेका गाडी फिजिकल फिटनेस सेन्टरमा लगेर चेक सडकमा गुड्न सक्छ वा वातावरण प्रदुषणको हिसावमा ठिक छ भने चल्न दिनु पर्ने जिकिर गरे । नेपालमा सरकारको नीति अनुसार सार्वजनिक यातायात विद्युतीकरण हुनु पर्छ त्यसको लागि यातायात व्यवसायी तयार रहेको अध्यक्ष स्वाँरको भनाइ छ ।
उनले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात निजी क्षेत्रले चलाएकाले लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा मुलुक हुनु पर्ने बताए । उनले सार्वजनिक यातायातमा सतप्रतिशत लगानी निजी क्षेत्रको भए पनि सबै भन्दा कम मुनाफा पाउने यातायात व्यवसायी भएको गुनासो गर्नु भयो । अध्यक्ष स्वाँरले सरकारले गाडी भाडामा १० प्रतिशत मात्रै मुनाफा दिएकाले त्यसलाई बढाउन नयाँ नेतृत्वले पहल गर्ने बताए ।
सरकार सार्वजनिक यातायातलाई डिजेल, पेट्रोलमा सहुलियत र आयात हुने सार्वजनिक गाडीलाई भन्सारमा भन्सार शुल्क कम ग¥यो भने सवारी भाडा नबढ्ने उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्