Logo

हुवावे पी ३० सिरिज नेपालमा

 विश्व बजारमा हालै सार्वजनिक भएको हुवावेको पी ३० सिरिजका स्मार्टफोन नेपाल भित्र्याइएको छ । दराजडटकममा प्रिबुकिङ खुला गरिएका यी फोनहरु आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिने भएको छ ।
गत मार्च २६ तारिखमा फ्रान्सको पेरिसमा हुवावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले हुवावे पी ३० सिरिजका तीन स्मार्टफोन हुवावे पी ३०, हुवावे पी ३० प्रो र पी ३० लाईट सार्वजनिक गरको थियो । कम्पनीले पी ३० का नयाँ सिरिहरु तीन दिनअघि दुबइमा औपचारिक रुपमा सार्वजनिक गरको थियो । नेपालमा यसको आधिकारिक विक्रेता कल मोबिलिटी हो । भारतमा भने अप्रिल ९ तारिखमा सार्वजनिक हुने कार्यक्रम छ ।
तीनै स्मार्टफोन हुवावे सुपरस्पेक्ट्रम सेन्सर, एनपटीकल सुपरजुम लेन्स र हुवावेको नयाँ टाइम अफ फ्लाइट (टीओएफ क्यामरा, परिस्कृत अप्टिकल र एआई स्टेबलाइजेसन प्रविधि जडित छन् । हुवावे पी ३० सिरिज उत्कृष्ट फोटोग्राफी र डिएनएमा आधारित सेन्सर र डिजाइन रहेको सिरिज हुन् । “डिजिटल क्यामराको प्रविधिक विकासका क्रममा हुवावे पी ३० सिरिज महत्वपूर्ण उपलब्धि हो, यसले मोबाइल फोटोग्राफीप्रतिको परिभाषा नै परिवर्तन गर्दछ र सबैको धारणामा परिवर्तन ल्याउँछ,” मिडिया स्टेटमेन्टमा हुवावे कन्जुमर बीजीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यूले भनेका छन्, “हुवावे सुपरस्पेक्ट्रम सेन्सर र सुपरजुम लेन्स जस्तो नयाँ प्रविधिका कारण फोटोग्राफी र भिडियोग्राफीमा नयाँ आयाम ल्याउँछ ।” हुवावे पी ३० सिरिजले मानिसहरूलाई आफ्नो वरपरको वास्तविक सुन्दरता कैद गर्न दिनका लागि आगामी पुस्ताको स्मार्टफोनका लागि गति तय दाबी उनको छ ।
हुवावे पी ३० सिरिजका स्मार्टफोनको नेपालभरि नै प्रि–बुकिङ्गको लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा हुवावे पी ३० प्रो को मूल्य एक लाख १९ हजार नौ सय, हुवावे पी ३० को मूल्य ८४ हजार नौ सय र हुवावे पी ३० लाइटको मूल्य ३९ हजार नौ सय तय गरिएको छ । प्रिबुकिङ दराजडटकमबाट गर्न सकिने व्यवस्था गरिएको छ । प्रि–बुक गर्ने ग्राहकको लागि कम्पनीले उपहारको घोषणा पनि गरको छ । पी ३० लाईटको प्रि–बुकिङ्गको साथ हुवावे स्मार्ट स्केल उपलब्ध हुनेछ भने र पी३० र पी३० प्रोको प्रि–बुकिङ्ग गर्ने ग्राहकले हुवावे फ्रिबड्स पाउनेछन् । चैत्र १७ गतेदेखि खुलेको प्रि–बुकिङ्ग चैत्र २७ गतेसम्म हुने जनाइएको छ । पी ३० सिरिजको खरिदका लागि विभिन्न बैंकहरुबाट शुन्य प्रतिशत ब्याजदरमा इएमआइको घोषाणा गरिएको छ । हुवावेले पी ३० सिरिजलाई फोटोग्राफीका लागि उत्कृष्ट आविश्कारका रुपमा बजारमा ल्याएको जनाएको छ । हुवावे पी ३० प्रो मा नयाँ लाइका क्वाड क्यामरा रहेको छ । हुवावे सुपरस्पेक्ट्रम सेन्सर भएको ४० मेगापिक्सेलको मुख्य क्यामरा, २० मेगापिक्सेलको अल्ट्रावाइड एंगल, ८ मेगापिक्सेलको टेलिफोटो क्यामरा, हुवावे टिओएफ क्यामरा र ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ । हुवावे पी ३० सिरिज सिनेम्याटिक विशेषताहरू भएको स्मार्टफोन क्यामरा हो । हुवावे पी ३० सिरिज्ले यसको प्रयोगकर्तालाई स्टुडियो–ग्रेड भिडियोग्राफिको नयाँ युगमा लैजाने दाबी कम्पनीको छ । हुवावेको पी ३० सिरिजमा ७ एनएमको किरिन ९८० प्रोसेसर, ४२०० एमएएच ब्याट्री रहेको छ, ४० वाटको सुपरचार्ज छ भने ह्वावे पी ३० प्रोमा रहेको सुपर कुल टेक्नोलोजीका कारण यसको थर्मल पर्फर्मेन्स सुधारिने भएकोले धेरै प्रयोग गर्दा पनि फोन नतातिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्