‘जेठभित्र कर्णालीको विकास खर्च ८० प्रतिशत’
जुम्ला-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकास खर्च ८० प्रतिशत हुने दाबी गरेका छन् । विकास निर्माणका काम सम्पन्न भएर पनि भुक्तानी लिन बाँकी रहेकाले खर्च प्रतिशत कम देखिएको भन्दै दोस्रो चौमासिक सम्म विकास खर्च झण्डै १८ प्रतिशत भएको बताए ।
“दोस्रो चौमासिक सम्म विकास खर्च १८ प्रतिशत भएको छ । कामरु धमाधम भइरहेका छन् । भुक्तानी नपाएर लेखाजोखा नभएको हो” उनले भने, “जेठ मसान्तम सम्म कर्णालीको पुँजीगत खर्च ७५ देखि ८० प्रतिशत हुन्छ ।”
प्रक्रियागत ढिलाइका कारण काम गरेर पनि भुक्तानी नपाएका कारण विकास खर्च कम देखिएको हो । हाम्रो लक्ष्य अनुसार ७५ देखि ८० प्रतिशतसम्म विकास खर्च हुने मुख्यमन्त्री शाहीको भनाइ छ ।
कर्णाली प्रदेश सरकार विकासे बजेट खर्च बढाउन केन्द्रित रहेको भन्दै जुम्लाको कृषि पर्यटन, खेलकुल पर्यटन, सडक सिँचाइको विकासका लागि आफू सधैं सकारात्मक रहेको बताए । विकासमा पार्टीगत कुरा स्वीकार्य नहुने भन्दै आवश्यकताका आधारमा अघि बढ्नेमा जोड दिए । कर्णाली प्रदेश सरकारले जल, जमिन, जडिबुटी र जंगललाई प्रथामिकता दिँदै आर्थिक समृद्धिका लागि काम गरिरहेको बताए ।