सहकारी अभियानमुलुक समृद्धिको आधार «

सहकारी अभियानमुलुक समृद्धिको आधार

मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ ।

सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनलयुथफोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक रहेको औंल्याए । देशमा राजनीतिक परिवर्तन आइसकेकाले अब युवाहरुले आर्थिक समृद्धितर्फ उन्मुखहुनुपर्ने बताएका हुन ।

मन्त्री पौडेलले विदेशमा जाँदा मात्र राम्रो हुने, विदेशमामात्र सफलता हासिल हुने भन्ने खालको मानसिकता अन्त्यगर्दै नेपालमै संभावनाहरु खोज्नुपर्ने बताए । उनले भने,‘देशमा ढिला भएपनि विकास हुँदैछ । पूर्वाधार निर्माण भइरहेको छ । दिगो विकासको लक्ष्य अघि बढाइएको छ । अब समृद्धिका लागि युवाहरुले स्वदेशमै संभावना देख्नुपर्छ ।’

सहकारीलाई देशको संविधानले तीनखम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमायुवाहरु लाग्नपनिउनले आग्रह गरे । सहकारीमालागेकायुवाहरुलाई प्रोत्साहितगर्दै मन्त्रीपौडेलले लगानीगर्न नडराउनआब्हान गरे । अर्थतन्त्रकाआधार स्विकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमाउनले जोड दिए ।

राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्षएवम संविधान सभा सदस्यओमदेवीमल्लले सहकारीमार्फत नेपालीयुवाहरु अन्तर्राष्ट्रिय स्तरमाआफ्नो पहिचान स्थापितगर्दै गएकाले सहकारी मुलुक समेद्धिका आधार स्तम्भभएको बताइन । अन्तर्राष्ट्रिय सहकारी महासंघमा पनियुवाहरुको सहभागीता बढ्दै गएको जानकारी दिंदै उनले सहकारीमार्फत युवाउद्यमशीलता वृद्धि गर्नुपर्ने बताइन ।

भूमिव्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिब राम प्रसादथपलियाले देशको सबै तहको विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण हुने बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्षमिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलताजोड्नसके समृद्ध नेपालनिर्माणमा सहयोग पुग्ने धारणा राखे ।

सहकारी विकास बोर्डका सहअध्यक्षमित्रराज दवाडीले अब सहकारीबिनाउत्पादन क्षेत्र अघि बढ्न नसक्ने भन्दै उत्पादन वृद्धिका लागि सहकारी क्षेत्रलाई प्राथमिकतादिनआग्रह गरे । उनले युवाहरुलाई आफ्नो अधिकारकालागि सक्रियहुन समेत सुझावदिए ।

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धकचित्राकुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलताभएको बताइन । सुब्बाले अभियानलाई दिगो र मर्यादितबनाउनयुवाहरुको सक्रिय सहभागिताआवश्यकभएको बताइन । उनले सहकारी क्षेत्रमाकरिब ३० प्रतिशतयुवा सहभागिता रहेको आँकडा प्रस्तुतगर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्रीबनाउने दाबीगरिन ।

सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रसाद बडालले सबै क्षेत्रमा सहकारीले कामगर्न पाउने गरी कानुनीव्यवस्थागर्न आग्रह गरे । राष्ट्रिय सहकारी महासंघ युवा समन्वयउपसमितिका संयोजकतथा संचालक सागर ढकालले युवाहरुलाई उद्यमशिलबनाउनकालागि सहकारी उपयुक्तमोडल भएको बताए । सहकारीमार्फ धेरै युवाहरुले पुँजी संकलन गरेर व्यवसायगर्न सक्ने भएपनिअहिलेसम्म राज्यले त्यो वातावरण नबनाएको दुखेसो गरे ।

शनिबार सम्म चल्ने सम्मेलनमा देशभरका युवा सहकारीकर्मीहरुको सहभागिता रहेको छ । राष्ट्रिय सहकारी महासंघको युवा समन्वय उपसमितिको आयोजनामा भएको सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल रहेको छ । यसैगरी युवाउद्यमीहरुको अनुभव आदान प्रदान कार्यक्रम समेत राखिएको संयोजक सागर ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्