सिद्धार्थ बैंकको एकै साथ ६ नयाँ शाखा

सिद्धार्थ बैंकले बिहीबार संखुवाशभाको मकालु गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुलीको गोलन्जर गाउँपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, बाजुराको बुढीगंगा नगरपालिका र पर्साको बहुदुरमाई नगरपालिकामा एकै साथ ६ वटा शाखा सञ्चालनमा ल्याएको जनाएको छ । यी शाखाहरूमार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णयबमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको सञ्चालन हुनेछ । त्यस्तै यी शाखाहरूबाट बैंकका अन्य शाखाहरूबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने पनि जनाएको छ । साथै यी शाखाहरूबाट स्थानीय स्तरमा बंैकिङ पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशीलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकिङ पहुँच नपुगेका अन्य ४ गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको बताएको छ ।