Logo

संघीयता कार्यान्वयनसँंगै गाउँ–गाउँमा पुगे सहकारी

म्याग्दी- संघीयता कार्यान्वयनसँंगै म्याग्दीका गाउँगाउँमा सहकारी विस्तार भएको छ । सदरमुकाम केन्द्रित सेवा संघीयताले विकेन्द्रीकरण गरेपछि गाउँ–गाउँमा सहकारी र घनाबस्ती रहेको क्षेत्रमा सहकारीको शाखा विस्तार भएको जिल्ला सहकारी संघको आयोजनामा बेनीमा मनाइएको ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बोल्ने बक्ताले बताएका हुन् ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित ६५औं राष्ट्रिय सहकारी दिवस बेनीमा मनाइएको थियो । जिल्ला सहकारी संघको आयोजनामा जिसस सभाहलमा भएको ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले सहकारीले नेपालीलाई बचत गर्ने बानीको विकास गरेको बताए । उनले सहकारीको लगानी उत्पादन र उद्यमशिलता क्षेत्रमा गर्न सहकारी संचालनलाई आग्रहगरे । “सहरकारीले उद्यमशिलतामा लगानी बढाएर देशमा आयातलाई घटाउने र निर्यातलाई बढाउनमा सहयोग पुग्ने किसिमले पुँजीलाई परिचालन गर्न सहकारी संचालन र कर्मचारीलाई ध्यानाकर्षण गराएका थिए ।’
जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारीले साना व्यवसायीलाई राहत मिलेको बताए । संख्यात्मक रूपमा वृद्धि भएको सहकारीलाई गुणात्मक रुपमा सेवा विस्तार गर्न सञ्चालन र कर्मचारीले ध्यान दिनसके सेवाग्राहीमा सहकारी विश्वास बढ्ने अध्यक्ष कार्कीले बताए ।
संघीयता कार्यान्वयनसँगै सहकारीको अधिकार स्थानीय तहसम्म पुगेपछि सहकारी क्षेत्रले फस्टाउने अवसर पाएको सचिव लामिछानेले बताइन् । उनले सदरमुकाम केन्द्रित रहेको सहकारी संघीयतापछि एक नगरपालिका र पाचँ गाउँपालिका रहेको जिल्लामा हरेक पालिकामा सहकारी स्थापना र पुँजीमा अब्बल सहकारीले सहकारी विस्तार गरेको जानकारी गराइन् । “साना–साना कृषकले बचत गर्ने माध्यम सहकारी बनेको छ ।”

प्रतिक्रिया दिनुहोस्