Logo

चिवतनमा कृषि कर्जा मेला हुने

चितवनमा कृषि कर्जा मेला ९ देखि १२ चैतसम्म हुने भएको छ । आर एण्ड डी इनोभेटिभ सोलुशन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले पत्रकार सम्मेलन गरी ९ देखि १२ चैतसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिएको हो ।
मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ । कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा ५ औँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले हजारौँ नेपालीलाई विदेशबाट फर्काउने एउटै माध्यम कृषि भएको बताए । उनले कृषिमा रोजागारी सिर्जना गर्न सके नेपाली नागरिकहरुलाई स्वदेशमै बस्नसक्ने वातावरण सिर्जना हुने बताए । सीइओ साहले नेपालको कृषिलाई पुरानो शैलीबाट नभइ अब नयाँ प्रविधिबाट अघि बढाउन आवश्यक रहेको पनि बताए । उनले नेपालमा पर्यटन र कृषिको भविष्य राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय बैंकहरुले पनि कृषिमा लगानी गरिरहेको बताए ।
“हाम्रो माटोबाट उत्पादन गरेर पहिला नेपालीको पेट पाल्ने, त्यसपछि संसारभर नै कसरी हुन्छ, नेपालको सुन्तला होस्, टमाटर, माछा होस्, यसलाई संसारभर कसरी बढी पु¥याउने त्यतातिर हामी अब लम्किनुपर्छ” ृनले भने, “साँच्चि नै हामी किसानको देश हुने हो भने जे हामीले हिजो गरिरहेको थियौँ, त्यो मात्रै गरेर हुँदैन । जहिले पनि बैंकले लोन दिँदैन, त्यो कारणले हामी किसान कृषिमा उत्पादन बढाउन सक्दैनौँ भन्ने भ्रमबाट पनि हामी हटौँ ।”
नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिलकुमार शर्माले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रलाई बढी जोड दिइरहेको बताए । सरकारको चाहना पनि कृषि क्षेत्रलाई उकास्ने रहेको भन्दै उनले सहुलियत कर्जा कृषि क्षेत्रमा नै रहेको बताए । कार्यकारी निर्देशक शर्माले वास्तविक किसानहरुले सहुलियत र बिना धितो कर्जा कसरी पाउने भन्ने बारेमा सूचना फैलाउने काम गर्न पनि आवश्यक रहेको औँल्याए ।
कार्यकारी निर्देशक शर्माले भन्नुभयो, “पछिल्लो समय कृषिमा बैंक तथा वित्तीय संस्थाहरुको बढी नै जोड छ” उनले भने, “कृषिदेखि लिएर साना मझौला कर्जाहरुमा बैंकहरुको बढी नै जोड छ । हामीले त्यसमा लगानी बढाउँदै लगिरहेका छौँ ।” उनले बैंकहरु कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्